logo

सेयर बजार र कारोबार रकम दुबै बढ्यो

    529   पटक पढिएको


१७ चैत/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २९ दशमलब ८२ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६ सय ९३ दशमलब १२ विन्दुमा कायम भएको छ ।
गत शुक्रबार राजावादी र गणतन्त्र पक्षधरको प्रदर्शन सकिएसँगै यसदिन सेयर बजारले वृद्धिको लयलाई समातेर अघि बढेको छ । आइतबार दिउँसो कारोबार सुरु भएको केही घण्टापछि नेप्से रफ्तारमा बढेर २७ सय १८ विन्दुसम्म पुगेको थियो ।
त्यसपछि केही बिक्री चाप बढ्न पुगेका कारण उच्च अंकले बढेको नेप्से २९ दशमलब ८२ अंकमा बास बसेको छ । अघिल्ला दुई कारोबार दिन पनि लगातार सेयर बजार बढेकाले यसदिन केही लगानीकर्ताले नाफा बुक गरेका छन् ।
यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको कारोबार भएकोमा आइतबार ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँको सेयर कारोबार भएको छ । २ सय २२ वटा कम्पनीको मूल्य बढेको छ । २२ वटा कम्पनीको सेयर मुल्य घटेको छ ।
यसदिन सबै उपसमुहका सेयर मुल्य सूचक बढेका छन् । बैंकिङ उपसमुहको सेयर मुल्य सुन्य दशमलब ८२ प्रतिशतले बढेको छ । विकास बैंक उपसमुहको ०.८२ प्रतिशत, फाइनान्स उपसमुहको २.०१ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको १.४१ प्रतिशत , हाइड्रोपावर उपसमुहको १.५४ प्रतिशत , लगानी उपसमुहको २.१८ प्रतिशत, जीवन बीमा उपसमुहको ०.८५ प्रतिशत , उत्पादन तथा प्रशोधन उपसमुहको ०.५८ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको ०.६२ प्रतिशत, निर्जीवन बीमा उपसमुहको ०.७८ प्रतिशत, अन्य उपसमुहको २.०८ प्रतिशतले बढेको छ ।
जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै ९ दशमलब ९४ प्रतिशतले बढ्यो । त्यस्तै दोर्दीखोला हाइड्रोपावरको ६.५९ प्रतिशत, गुराँस लघुवित्तको ५.९५ प्रतिशत र तेह्रथुम पावरका् ५.८७ प्रतिशतले बढेको छ ।
यसदिन व्यापार उपसमुहको सेयर मुल्य सुन्य दशमलब २६ प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोको ५ दशमलब ७९ प्रतिशत, सामुदायिक लघुवित्तको २ दशमलब २१ प्रतिशतले घटेको छ । धेरै कारोबार भएका कम्पनीमा हिमालयन रि इन्स्योरेन्स, नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।