logo

सेयर बजारमा भारी अंकको गिरावट, नेप्से ५८.०५ अंकले घटेर २५८२ विन्दुमा

    566   पटक पढिएको


१२ चैत/अर्थ र व्यापार– यस साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा भारी अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घटेर २५ सय ८२ दशमलब ७३ विन्दुमा कायम भएको छ ।
यसदिन सेयर बजारको परिसूचक घट्दा पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा यसदिन ५ अर्ब १८ करोड ७ लाख १८ हजार ७ सय ८ रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार कारोबारमा आएका कुल कम्पनीहरु मध्ये जम्मा ४ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ । २ सय ४० वटा कम्पनीको सेयर मुल्य घटेको छ ।
यस दिन सबै उपसमुहका सेयर सूचक घटेका छन् । बैंकिङ उपसमुहको १.४२ प्रतिशत, विकास बैंक उपसमुहको २.९९ प्रतिशत , फाइनान्स उपसमुहको ३.५० प्रतिशत , होटल तथा पर्यटन उपसमुहको २.७२ प्रतिशत, हाइड्रोपावर उपसमुहको ३.३१ प्रतिशत, लगानी उपसमुहको २.०८ प्रतिशत, जीवन बीमा उपसमुहको २.२० प्रतिशत , उत्पादन उपसमुहको १.५० प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको २.४९ प्रतिशत, निर्जीवन बीमा उपसमुहको २.४६ प्रतिशत, अन्य उपसमुहको १.८२ प्रतिशत र व्यापार उपसमुहको १.८५ प्रतिशतले सेयर मुल्य घटेको छ ।
यस दिन मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहेको छ । एनसीसीडी ८६, केबीएलडी ८९को मूल्य ४ प्रतिशतभन्दा धेरै बढ्यो । नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.७ प्रतिशत घट्यो । सपोर्ट माइक्रोफाइनान्सको ७.३, इस्टर्न हाइड्रोको ७.१, सिन्धु विकास बैंकको ६.७ तथा विन नेपाल लघुवित्तको ६.७ प्रतिशतले सेयरमूल्य घटेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।