logo

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सीईओमा लुइँटेल नियुक्त

    475   पटक पढिएको


११ चैत/अर्थ र व्यापार– नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा नारद लुइँटेल नियुक्त भएका छन । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले लुइँटेललाई सीईओमा नियुक्त गरेको हो ।
नेप्सेको सीईओ पदका लागि गठित सिफारिस समितिले आवेदन दिएका १० जनामध्ये नवनियुक्त सीईओ लुँइटेल लगायत चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई सर्टलिस्टमा राखेको थियो ।
त्यसपछि छनोट गरिएको अन्तिम ३ जना प्रतिस्पर्धी मध्ये सरकारले लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गरेको हो । गत २५ माघबाट कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि नेप्सेमा सीईओ पद रिक्त भएको थियो ।
अन्तिम छनोटको सर्टलिस्टमा परेका मध्येबाट सर्लाही हरिवनका ४५ वर्षीय लुईंटेलले यसअघि पनि विभिन्न सरकारी नियको नेतृत्वतहमा रहेर काम गरिसकेका छन् ।
नेप्सेका नवनियुक्त सीअइओ लुइँटेलले पर्यटन मन्त्रालय अन्र्तगतको तारागाउँ विकास समितिको अध्यक्षका रुपमा २०७२ देखि २०७६ सालसम्म (४ वर्ष) नेतृत्व गरेका थिए । त्यसपछि पनि उनी पर्यटन मन्त्रालय अन्र्तरगतकै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को नेतृत्वमा थिए । लामो समयसम्म पर्यटन व्यवसाय र अध्यापनमा समेत उनको संलग्नता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।