logo

२६.१० अंकले बढ्यो सेयर बजार, ४ अर्ब ४८ करोडको कारोबार

    479   पटक पढिएको


११ चैत/अर्थ र व्यापार– यसअघिका कारोबार दिन लगातार ओरालो लागेको सेयर बजार एकसातापछि बल्ल सोमबार २६ दशमलब १० अंकले बढेको छ । यसदिन सबै सूचकमा हरियाली छाएको छ । सोमबार बजारका सबै सूचकले बजार बढाएका हुन् । सोही कारण सेयर बजार परिसूचक नेप्से २६ दशमलब १० अंकले बढेर २६ सय ४० दशमलब ७८ विन्दुमा पुगेको छ ।
यसदिन फाइनान्स उपसमुहको सूचक सबैभन्दा धेरै ३ दशमलब ५२ प्रतिशतले बढेको छ । यसैगरी, अन्य उपसमुहकको सयेर मुल्य १.५० प्रतिशत, लाइफ इन्स्योरेन्सको सेयर मूल्य १.४६ प्रतिशत र व्यापार उपसमुहको १.०६ प्रतिशतले बढेको छ।
यसदिन २ सय १० वटा कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन्। गार्डियन माइक्रो लाइफको सर्वाधिक ९.५१ प्रतिशतले उकालो लागेको छ । ३३ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । अपर हेवाखोलाको सेयर मूल्य सर्वाधिक ४.२६ प्रतिशतले घटेको छ ।
सोमबार ४ अर्ब ४८ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जसमध्ये सर्वाधिक हिमालयन रि–इन्स्योरेन्सको ३२ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसपछि सीएचडीसी होल्डिङ्सको १५ करोड २९ लाख र नेपाल रि–इन्स्योरेन्सको १२ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।