logo

सेयर बजारमा पहिरो,नेप्से ५४.६२ अंकले घट्यो

    609   पटक पढिएको


१० चैत/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यसदिन नेप्से परिसूचक ५४ दशमलब ६२ अंकले घटेर २६ सय १४ दशमलब ६८ विन्दुमा झरेको छ । आइतबार बिहान बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको सेयर बजार दिनभर क्रमशः घटेर नेप्से २६ सय १४ विन्दुमा ओर्लिएको हो ।
अघिल्लो दिन ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३ सय ६५ रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन जम्मा १३ वटा कम्पनीको सेयर मूल्य मात्र बढेको छ । २ सय ३० वटा कम्पनीको सेयर मुल्य घटेको छ । आइतबार सबै उपसमुहका सेयर मुल्य सूचक घटेका छन् ।
बैंकिङ उपसमुहको सेयर मुल्य १.४७ प्रतिशत, विकास बैंक उपसमुहको २.४२ प्रतिशत, फाइनान्स २.९९ प्रतिशत, होटल तथा पर्यटन २.२३ प्रतिशत, हाइड्रोपावर २.३३ प्रतिशत, लगानी २.०५ प्रतिशत, जीवन बीमा १.८५ प्रतिशत, उत्पादन तथा प्रशोधन १.४६ प्रतिशत, माइक्रोफाइनान्स २.३६ प्रतिशत, निर्जीवन बीमा २.०७ प्रतिशत, अन्य १.७४प्रतिशत र व्यापार उपसमुहको सेयर मुल्य २.८५ प्रतिशतले घटेको छ ।
यसैगरी, मिथिला लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । भूगोल इनर्जीको ७ दशमलब २ प्रतिशत, सयपत्री हाइड्रोको ६.४ प्रतिशत, मायाखोला हाइड्रोको ५.६६ प्रतिशत, अपरसोलु हाइड्रोको ५.४६ प्रतिशतले सेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुर्नबीमा कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र सिन्धु विकास बैंक क्रमशः अगाडि रहेको छ । यसदिन सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा डिवेन्चर अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।