logo

सानिमा रिलायन्सको ८ प्रतिशत नगद लाभांश र बोनस सेयर वितरण प्रस्ताव पारित 

    770   पटक पढिएको

१० चैत/अर्थ र व्यापार – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभाले सेयरधनीका लागि लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनी अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको सभाबाट ८ प्रतिशत नगद लाभांश र १.२४८९ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पारित भएको हो ।
सो सभामा अध्यक्ष केडियाले कम्पनीको वार्षिक विवरण पेस गरेका थिए । साधारण सभाले आव २०८०/८१ वार्षिक प्रतिवेदनसहित लेखा परीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पुँजी ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार २ सय २४ रुपैयाँको ८ प्रतिशतका दरले हुनेरकम ३९ करोड ६२ लाख ४५ हजार २१८ रुपैयाँ बराबरको नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) वितरण गर्ने साथै विद्यमान चुक्ता पुँजीको १.२४८९ प्रतिशतका दरलेहुने रकम ६ करोड १८ लाख ५८ हजार ८३२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले बोनस सेयर तथा नगद लाभांश वितरणपछि हुने सेयर संरचना बमोजिम जारी पुँजी र चुक्ता पुँजी वृद्धि गरि .५ अर्ब १ करोड ४९ लाख २४ हजार ५६ रुपैयाँ पु¥याउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी आव २०८१÷८२ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण प्रस्तावसमेत पारित गरेको छ । सो साधारण सभामा अध्यक्ष केडियाले सेवाग्राहीबीच आफ्नो पृथक पहिचान स्थापित गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीले गुणस्तरीय तथा विश्वसनीय व्यवसायको सबै परिसूचकहरुमा निरन्तर वृद्धिगरीरहेको दावी गरे। उनले आगामी वर्षहरुमा पनि कम्पनीलाई गुणस्तरीय तथा दीर्घकालीन व्यवसायमार्फत जीवन बीमा क्षेत्रमा अलग पहिचान दिलाउने अथक प्रयास रहंने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।