logo

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट

    406   पटक पढिएको


५ चैत/अर्थ र व्यापार– क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले मंगलबार आइपीओ बाँडफाँट गरेको हो ।
यस कम्पनीले १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री खुलाएकामा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले हात पारेका छन् । बिक्री प्रबन्धकका अनुसार १९ लाख ५५ हजार ६८५ आवेदकको आवेदन स्वीकृत भएकामा १७ लाख ७१ हजार १सय ८५ जनाको हात खाली भएको छ ।
आइपीओ परेको/नपरेको तुरुन्त थाहा पाउन सीडीएसको आइपीओ रिजल्ट साइट हेर्न सकिन्छ । यस इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको थियो।
सो कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति लिएको थियो ।
गत असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.४१ रुपैयाँ थियो । यस वर्ष ७.७४ रुपैयाँ पुग्ने अनुमान गरेको छ । त्यस्तै, गत वर्ष ८८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण पेस गरेको यस कम्पनीले यसवर्ष २ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गर्ने अनुमान गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।