logo

लगातार घटेको ७ दिनपछि बल्ल सेयर बजार बढ्यो

    711   पटक पढिएको


२८ फागुन/अर्थ र व्यापार– लगातार अघिल्ला ७ कारोबार दिनसम्म घटेको सेयर बजार यस साताको चौथो कारोबार दिन बुधबार भने १७ दशमलब २८ अंकले बढेको छ । यस वृद्धिपछि सेयर बजार परिसूचक नेप्से २७ सय ३६ विन्दुमा कायम भएको छ ।
बुधबार कारोबार सुरु भएको ढेड घण्टापछि साढे १२ बजेतिर सेयर बजार बढेर २७ सय ४५ अंकसम्म पुगेको थियो । यसदिन नेप्से बढ्दा पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा अझै कम भएको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यसदिन ८ अर्ब २३ करोड ५२ लाख ७८ हजार ७ सय ५५ रुपैयाँको सेयर कारोबार भएको छ ।
१३ वटा उपसमुहका सूचकहरु मध्ये यसदिन धेरैजसो उपसमुहको सेयर मुल्य बढेको छ । बैंकिङ उपसमुहको सेयर मुल्य सुन्य दशमलब ५३ प्रतिशत, फाइनान्स उपसमुहको सुन्य दशमलब ०२ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब ६४ प्रतिशत , हाइड्रोपावर उपसमुहको सुन्य दशमलब ८५ प्रतिशतले बढेको छ ।
यसैगरी, लगानी उपसमुहको १.७६ प्रतिशत, जीवन बीमा ०.६४, उत्पादन ०.१८, निर्जीवन बीमा ०.४०, अन्य १.५७ र व्यापार ०.२१ प्रतिशत बढेको छ ।
पिपुल्स हाइड्रोपावरको सेयर मूल्य ९.७९ प्रतिशत बढ्यो । प्रभु इन्स्योरेन्सको ७.८९, दिव्यश्वरी हाइड्रोपावरको ७.६७, घलेम्दी हाइड्रोपावरको ६.७१ प्रतिशत र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर मुल्य ६ प्रतिशतले बढ्यो ।
यसदिन विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घट्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ४ दशमलब ३१ प्रतिशत , ग्रीन डेभलपमेन्टको ३.८ प्रतिशत सेयर मूल्य घटेको छ । माइक्रोफाइनान्स उपसमुहको सेयर मुल्य २७ प्रतिशत र विकास बैंक उपसमुहको सेयर मुल्य सुन्य दशमलब ३३ प्रतिशतले घटेको छ ।
बुधबार कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहकोे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।