logo

१६ बुँदे घोषणापत्र जारी गर्दै पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न,‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ लक्षित रणनीति बनाइँदै

    585   पटक पढिएको


२८ फागुन/अर्थ र व्यापार– श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको दुईदिने पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको सो सम्मेलन ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ लक्षित रणनीति बनाईदै १६ बुँदे काठमाडौ घोषणापत्र तयार गरिएको श्रम मन्त्रालयले जनाएको छ ।
सरकारले ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउने सरकारको तयारी छ । नेपालमा आन्तरिक रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले गत सोमबार र मंगलबार काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन– २०८१ आयोजना गरिएको थियो ।
श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको सम्मेलनले यस्तो रणनीति बनाउने गरी घोषणापत्र जारी गरेको छ । विभिन्न १६ बुँदे घोषणापत्रमा आन्तरिक रोजगारी सिर्जना तीव्रता दिन घोषित आन्तरिक रोजगार प्रवद्र्धन दशकलाई सफलतापूर्वक कार्यान्वयन गर्न आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख छ ।

यसैगरी,रोजगार प्रर्वधन दशक कार्यान्वयन गर्न आवश्यक नीतिगत र प्रविधिगत परिमार्जन गरिने समेत घोषणा पत्रमा लेखिएको छ । आन्तरिक रोजगार प्रवद्र्धन दशकका क्रियाकलाप आगामी आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमा समावेश गरी कार्यान्वयन गर्दै लगिने भएको छ ।
सरकारी क्षेत्रको सहजीकरण र निजी क्षेत्रको नेतृत्वमा तुलनात्मक लाभका नवीनतम एवं उदीयमान क्षेत्रमा लगानी अभिवृद्धि गरी आन्तरिक रोजगारी प्रवद्र्धन गरिने समेत मन्त्रालयले उल्लेख गरेको छ ।
श्रम बजारको मागका आधारमा सिपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निजी क्षेत्रका रोजगारदातासँग समन्वय एवं सहकार्य गरिने भएको छ ।
स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रको सुदृढीकरण र प्रविधिको अधिकतम प्रयोग गरी रोजगारदाता र श्रमिकका लागि साझा सूचना केन्द्रका रूपमा दिगो हुने गरी विकास गरिने भएको छ ।
औपचारिक तथा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै सामाजिक सुरक्षा सुनिश्चितता सहित पेन्सनेबल समाज निर्माण गरिने समेत घोषणापत्रमा उल्लेख छ ।
सामाजिक सुरक्षा कोषको रकमलाई उच्च प्रतिफलयुक्त लगानीका माध्यमबाट राष्ट्रिय पूँजी निर्माण, विकास र परिचालन गरी श्रमिकको कल्याण अभिवृद्धि गरिने भएको छ ।
स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रको सुदृढीकरण र प्रविधिको अधिकतम प्रयोग गरी रोजगारदाता र श्रमिकका लागि साझा सूचना केन्द्रका रूपमा दिगो हुने गरी विकास गरिने भएको छ ।
श्रम आप्रवासन व्यवस्थापन तथा पुनः एकीकरणका लागि ‘श्रमिकबाट उद्यमी’ बनाउन वित्तीय व्यवस्थापन परिचालन समेत गरी राष्ट्रिय कार्यक्रम सञ्चालन गरिने भएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका कामदारको सिपको प्रमाणीकरण गरी उनीहरूले आर्जन गरेको सिप, पूँजी र अनुभवलाई उत्पादनशील कार्यमा उपयोग गरी उद्यमशीलता विस्तार गर्ने समेत लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, ‘सूचना प्रविधि र आन्तरिक रोजगारी, युवाहरूका लागि नयाँ अवसरहरूको तयारी’ भन्ने उद्देश्यसाथ सूचना प्रविधि र स्टार्टअप कार्यक्रम लागु गरिने भएको छ । प्राविधिक शैक्षिक संस्था तथा प्रशिक्षण प्रतिष्ठानसँगको सहकार्य मार्फत श्रम बजारको माग र आपूर्तिबीचको खाडल पूरा गर्ने लक्ष्य मन्त्रालयको छ ।
सम्मेलन समापन कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, श्रम मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्कर, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग गरिसंघका अध्यक्ष राजेश अग्रवाल, नेपाल वैदेशिकरोजगार व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष डिकबहादुर खत्री र विभिन्न रोजगारदाता संघ संस्थाका प्रतिनिधीहरुले आ–आफ्ना धारणा राखेका थिए । सो सम्मेलनमा विभिन्न १० वटा संस्थाहरुसँग आपसी सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।