logo

नेप्से ३२.२१ अंकले घटेर २७ १९ विन्दुमा, विकास बैंकमा चमक

    695   पटक पढिएको


२७ फागुन/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ३२ दशमलब २१ अंकले घटेर २७ सय १९ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा सेयर कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोडको कारोबार भएकोमा यसदिन ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ ।
मंगलबार २ सय ९ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने ३ वटाको स्थिर रहेको छ । ३२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन विकास बैंक उपसमुहमा आकर्षण देखिएको छ । यसदिन सबै उपसमुह राताम्मे भएर घट्दा यस उपसमुहको सेयर मुल्य १ दशमलब ९३ प्रतिशतले बढेको छ ।
बैंकिङ उपसमुहको सेयर मुल्य सुन्य दशमलब ७१ प्रतिशत, फाइनान्स उपसमुहको १ दशमलब ५७ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको १ दशमलब १३ प्रतिशत, हाइड्रोपावर उपसमुहको १ दशमलब ५१ प्रतिशत, लगानी उपसमुहको १ दशमलब ८९ प्रतिशत, जीवन बीमा उपसमुहको १ दशमलब ३० प्रतिशतले घटेको छ ।
उत्पादन उपसमुहको २ दशमलब ४९ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ८९ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सुन्य दशमलब ९९ प्रतिशत , अन्य उपसमुहको १ दशमलब ६८ प्रतिशत र व्यापार उपसमुहको १ दशमलब ७९ प्रतिशतले घटेको छ ।
नेस्डो समृद्धि लघुवित्तको सेयर मुल्य ६ दशमलब ६९ प्रतिशत, उन्नति सहकार्य लघुवित्तको ५ दशमलब ३६ प्रतिशत, हिमालयन पावर पार्टनरको ४ दशमलब ७२ प्रतिशत र राप्ती हाइड्रोको ४ दशमलब ६८ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसदिन धेरै कारोबार भएका कम्पनीमा हिमालयन रि इन्स्योरेन्स, नेपाल पुनर्बीमा, महालक्ष्मी विकास बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहेको छ ।
मंगलबार महालक्ष्मी विकास बैंकको सेयर मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको ८ दशमलब ८ प्रतिशत , ज्योति विकास बैंकको ३ दशमलब ३५ प्रतिशत र सप्तकोशी विकास बैंकको् ३ दशमलब ११ प्रतिशतले सेयर मूल्य बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।