logo

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से २०.६८ अंकले घट्यो

    286   पटक पढिएको


२६ फागुन/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । अघिल्लो दिन ४६ अंकले घटेको सेयर बजार परिसूचक नेप्से २० दशमलब ६८ अंकले घटेर २७ सय ५१ दशमलब ४२ विन्दुमा आइपुगेको छ ।
यो अंकको घटाइसँगै पछिल्लो छैटौं दिन सोमबार पनि सेयर बजार निरन्तर घटेको हो । अघिल्लो साताको सोमबार देखि निरन्तर सेयर बजार घटेको छ । सोमबार कुल १ सय ९१ वटा कम्पनीको सेयर घट्यो भने ८ वटाको स्थिर रह्यो । जम्मा ४४ वटा कम्पनीको सेयर मूल्य मात्र बढेको छ । यसदिन नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन १० अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यसदिन जम्मा ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७ रुपैयाँको सेयर कारोबार भएको छ । अन्य उपसमुहको सेयर मुल्य बाहेक सबै उपसमुहको सूचक राताम्मे भएर घटेका छन् । हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य १.१६ प्रतिशत बढ्दा अन्य उपसमूहको सेयर मुल्य सुन्य दशमलब ०८ प्रतिशतले बढेको हो ।
यसदिन बैंकिङ उपसमुहको सेयर मुल्य सुन्य दशमलब ४४ प्रतिशतले घटेको छ । यसैगरी, विकास बैंक उपसमुहको सेयर मुल्य सुन्य दशमलब ७३ प्रतिशत, फाइनान्स उपसमुहको सुन्य दशमलब ७० प्रतिशत , होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब ९९ प्रतिशत, हाइड्रोपावर उपसमुहको १ दशमलब १६ प्रतिशत , लगानी उपसमुहको १ दशमलब ५१ प्रतिशत, जीवन बीमा उपसमुहको सुन्य दशमलब ४१ प्रतिशतले घट्यो ।
उत्पादन उपसमुहको १ दशमलब १५ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ६३ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सुन्य दशमलब ६८ प्रतिशत र व्यापार उपसमुहको सेयर मुल्य १ दशमलब ६५ प्रतिशतले घटेको छ ।
उपकार लघुवित्तको ६ दशमलब ९८ प्रतिशत , सिक्लेस हाइड्रोपावरको ५ दशमलब ८६ प्रतिशत , उन्नति सहकार्य लघुवित्तको ४ दशमलब ६२ प्रतिशतले सेयर मूल्य घटेको छ ।
सोमबार नेस्डो समृद्धि लघुवित्तको सेयर मुल्य १० प्रतिशतले मूल्य बढ्यो । त्यसपछि गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मुल्य ८ दशमलब ७३ प्रतिशत, विन नेपाल लघुवित्तको ८ दशमलब ५३ प्रतिशत, स्वाभिमान लघुवित्तको ३ दशमलब ०२ प्रतिशत र ग्रिन डेभलपमेन्टको २ दशमलब ५६ प्रतिशतले बढेको छ ।
यसदिन नेपाल पुर्नबीमा कम्पनीको सेयर सबैभन्दा धेरै ७३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएकोे छ । त्यसपछि हिमालयन रि इन्स्योरेन्सको ७३ करोड १७ लाखको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
एनएलजी इन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र घलेम्दी हाइड्रोपावर क्रमशः कारोबार रकमका आधारमा टप पाँच गेनरभित्र पर्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।