logo

सेयर बजारमा भारी अंकको गिरावट,सबै सूचक राताम्मै

    396   पटक पढिएको


२५ फागुन/अर्थ र व्यापार– यस साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यसदिन नेप्से परिसूचक ४६ दशमलब ३३ अंकले घटेर २७ सय ७२ दशमलब १० विन्दुमा आइपुगेको छ ।
यसअघिका चार कारोबार दिनहरुमा पनि नेप्से लगातार घटेको थियो । यसदिन कारोबार रकम पनि केही घटेको । अघिल्लो दिन १० अर्ब १० करोडको कारोबार भएकोमा यसदिन १० अर्ब ९ करोड ३६ लाख ५४ हजार १ सय २९ रुपैयाँको सेयर कारोबार भएको छ । कुल २ सय १७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । २ वटाको स्थिर रह्यो भने जम्मा २४ वटा कम्पनीको सेयर मुल्य बढेको छ ।
यस दिन विभिन्न १३ वटा उपसमुह मध्ये सबै उपसमुहको सेयर सूचक घटेका छन् । अन्य उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै २ दशमलब ६९ प्रतिशतले घटेको छ । दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल पुनर्बीमाको मूल्यमा आएको गिरावटले समग्र सो उपसमुह लाई बढी प्रभाव पारेको देखिएको छ ।
यसैगरी, बैंकिङ उपसमुहको सेयर मुल्य १ दशमलब ३६ प्रतिशत, विकास बैंक उपसमुहको १दशमलब ७१ प्रतिशत, फाइनान्स उपसमुहको १ दशमलब ८७ प्रतिशत, हाइड्रोपावर उपसमुहको १ दशमलब ६६ प्रतिशत, लगानी उपसमुहको २ दशमलब ४९ प्रतिशत,जीवन बीमा उपसमुहको १ दशमलब ७४ प्रतिशत, उत्पादन उपसमुहको सुन्य दशमलब ९१ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सेयर मुल्य १ दशमलब ५८ प्रतिशत, निर्जीवन बीमा उपसमुहको १ दशमलब २६ प्रतिशत, अन्य उपसमुहको २ दशमलब ६९ प्रतिशत र व्यापार उपसमुहको सुन्य दशमलब ८१ प्रतिशतले घटेको छ ।
यसदिन पनि गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यसपछि बढेका अरु कम्पनीको सयेर मुल्य वृद्धिदर ४ प्रतिशत भन्दा तल नै हरेका छन् ।
आइतबार उपकार लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ । राप्ती हाइड्रोपावरको ९ दशमलब ८७ प्रतिशत, समाज लघुवित्तको ७ दशमलब २८ प्रतिशत र सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य ५ दशमलब २८ प्रतिशतले घटेको छ । हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १ अर्ब १२ करोडको सेयर कारोबार भएको छ । त्यसपछि कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी , एनआरएन इन्फ्रास्ट्रक्चर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।