logo

सामान्य अंकले घट्यो सेयर बजार

    380   पटक पढिएको


२२ फागुन/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार सामान्य अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा यसदिन सेयर बजार परिसूचक नेप्से २ दशमलब ७० अंकले घटेर २८ सय १८ दशमलब ४३ विन्दुमा कायम भएको छ ।
यसदिन अघिल्लो दिनको तुलनामा सेयर कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९७ करोडको कारोबार भएकोमा यसदिन १० अर्ब १० करोड १८ लाख १७ हजार ६ सय ८१ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन कुल ९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ३२ वटा कम्पनीको सेयर मुल्य घट्यो भने १२ वटाको स्थिर रहेको छ । विकास बैंक उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै १ दशमलब ८६ प्रतिशतले बढेको छ । यसैगरी, बैंकिङ उपसमुहको सेयर मुल्य सुन्य दशमलब ०३ प्रतिशत, उत्पादन उपसमुहको सुन्य दशमलब २४ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ०५ प्रतिशतले बढेको छ ।
यसदिन तीनवटा कम्पनी गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, भूगोल इनर्जी, उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । राप्ती हाइड्रोपावरको ९ दशमलब ९१ प्रतिशत, महालक्ष्मी विकास बैंकको ७ दशमलब ८४ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यस साताको अन्तिम कारोबार दिन बिहीबार सवैभन्दा धेरै गुराँस लघुवित्तको सेयर मुल्य ७ दशमलब ६ प्रतिशतले र लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मुल्य ६ दशमलब ३५ प्रतिशतले घटेको छ ।
फाइनान्स उपसमुहको सेयर मुल्य सुन्य दशमलब २३ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब .५७ प्रतिशत , हाइड्रोपावर उपसमुहको सुन्य दशमलब ०६ प्रतिशत, लगानी उपसमुहको सुन्य दशमलब १४ प्रतिशत, जीवन बीमा उपसमुहको सुन्य दशमलब ८० प्रतिशत , निर्जीवन बीमा उपसमुहको सुन्य दशमलब ०४ प्रतिशत, अन्य उपसमुहको सुन्य दशमलब ७१ प्रतिशत र व्यापार उपसमुहको सुन्य दशमलब २४ प्रतिशतले घटेको छ ।
यसदिन दुईवटा पुर्नबीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स र नेपाल पुर्नबीमा कम्पनीको १–१ अर्ब बढीको कारोबार भएको छ । हिमालयन रि इन्स्योरेन्सको १ अर्ब १२ करोड र नेपाल पुर्नबीमा कम्पनीको १ अर्ब ८ करोडको सेयर कारोबार भएको छ । त्यसपछि कारोबारका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर र फस्र्ट माइक्रोफाइनान्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।