logo

नेप्से २५१६ अंकले घटेर २८२१ विन्दुमा, सेयर कारोबार रकम पनि घट्यो

    382   पटक पढिएको


२१ फागुन/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५ सय १६ अंकले घटेर २८ सय २१ दशमलब १३ विन्दुमा आइपुगेको छ । यसदिन अघिल्लो दिनको भन्दा कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन १२ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १० अर्ब ९७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन ६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ७४ वटा कम्पनीको सेयर मुल्य घटेको छ । ८ वटाको सेयर मुल्य स्थिर रहेको छ । व्यापार बाहेक सबै उपसमुहक घटेको छ ।
यसदिन बैंकिङ उपसमुहको सेयर मुल्य १ दशमलब ०४ प्रतिशत , विकास बैंक उपसमुहको १ दशमलब ३१ प्रतिशत, फाइनान्स उपसमुहको १ दशमलब ५५ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको १ दशमलब ०५ प्रतिशत, हाइड्रोपावर उपसमुहको सुन्य दशमलब ३७ प्रतिशत, लगानी उपसमुहको १ दशमलब २४ प्रतिशत, जीवन बीमा उपसमुहको १ दशमलब ४५ प्रतिशत, उत्पादन उपसमुहको सुन्य दशमलब ९४प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ५० प्रतिशत , निर्जीवन बीमा उपसमुहको १ दशमलब ५१ प्रतिशत र अन्य उपसमूहको सुन्य दशमलब ७६ प्रतिशतले घटेको छ ।
समाज लघुवित्त, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । माउन्टेन हाइड्रो नेपालको ८ दशमलब ८२ प्रतिशत गुराँस लघुवित्तको ७ दशमलब ४२ प्रतिशतले बढ्यो ।
१३ वटा उपसमुहमध्ये यसदिन व्यापार उपसमुहको सेयर मुल्य सुन्य दशमलब ४३ प्रतिशतले बढेको छ । यसैगरी, ग्रिन डेभलपमेन्टको ६ दशमलब ८ प्रतिशत, सप्तकोशी विकासको ५ दशमलब ५ प्रतिशत र उपकार लघुवित्तको ४ दशमलब ७ प्रतिशतले सेयर मूल्य घटेको छ ।
हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ९६ करोड रुपैयाँको कारोबार भएको छ । हिमालयन रि इन्स्योरेन्सपछि सर्वाधिक कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, सगरमाथा जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।