logo

नेप्से २५१६ अंकले घटेर २८२१ विन्दुमा, सेयर कारोबार रकम पनि घट्यो

    659   पटक पढिएको


२१ फागुन/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २५ सय १६ अंकले घटेर २८ सय २१ दशमलब १३ विन्दुमा आइपुगेको छ । यसदिन अघिल्लो दिनको भन्दा कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन १२ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १० अर्ब ९७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन ६२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ७४ वटा कम्पनीको सेयर मुल्य घटेको छ । ८ वटाको सेयर मुल्य स्थिर रहेको छ । व्यापार बाहेक सबै उपसमुहक घटेको छ ।
यसदिन बैंकिङ उपसमुहको सेयर मुल्य १ दशमलब ०४ प्रतिशत , विकास बैंक उपसमुहको १ दशमलब ३१ प्रतिशत, फाइनान्स उपसमुहको १ दशमलब ५५ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको १ दशमलब ०५ प्रतिशत, हाइड्रोपावर उपसमुहको सुन्य दशमलब ३७ प्रतिशत, लगानी उपसमुहको १ दशमलब २४ प्रतिशत, जीवन बीमा उपसमुहको १ दशमलब ४५ प्रतिशत, उत्पादन उपसमुहको सुन्य दशमलब ९४प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ५० प्रतिशत , निर्जीवन बीमा उपसमुहको १ दशमलब ५१ प्रतिशत र अन्य उपसमूहको सुन्य दशमलब ७६ प्रतिशतले घटेको छ ।
समाज लघुवित्त, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । माउन्टेन हाइड्रो नेपालको ८ दशमलब ८२ प्रतिशत गुराँस लघुवित्तको ७ दशमलब ४२ प्रतिशतले बढ्यो ।
१३ वटा उपसमुहमध्ये यसदिन व्यापार उपसमुहको सेयर मुल्य सुन्य दशमलब ४३ प्रतिशतले बढेको छ । यसैगरी, ग्रिन डेभलपमेन्टको ६ दशमलब ८ प्रतिशत, सप्तकोशी विकासको ५ दशमलब ५ प्रतिशत र उपकार लघुवित्तको ४ दशमलब ७ प्रतिशतले सेयर मूल्य घटेको छ ।
हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ९६ करोड रुपैयाँको कारोबार भएको छ । हिमालयन रि इन्स्योरेन्सपछि सर्वाधिक कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, सगरमाथा जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।