logo

सेयर बजारमा हरियाली, नेप्से ४९ दशमलब १५ अंकले बढेर २८१५ माथी

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको सकारात्मक प्रभाव

    409   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४९ दशमलब १५ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २८ सय १५ दशमलब ४ विन्दुमा कायम भएको छ ।
यसदिन सेयर कारोबार रकम पनि अघिल्लो दिनको भन्दा बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा बिहीबार ११ अर्ब ३९ करोड २४ लाख १ हजार ८ सय १५ रुपैयाँको सेयर कारोबार भएको छ ।
१ सय ८६ वटा कम्पनीको सेयर मूल्य बढ्ेको छ । ५२ वटा कम्पनीको सेयर मुल्य घट्यो भने ६ वटा कम्पनीको स्थिर रहेको छ ।
यसदिन बैंकिङ उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै ३ दशमलब ३२ प्रतिशतले बढेको छ । विशेषगरि नेपाल राष्ट्र बैंकले गत मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले असल ऋणमा गर्दै आएको नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) लाई १ प्रतिशतमै झारेको छ । यसअघि यस्तो नोक्सानी १दशमलब १० प्रतिशत थियो। मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको असल कर्जाको प्रोभिजनिङ घटाएसँगै नाफा बढाउन मद्दत पुग्ने भएकाले लगानीकर्तामा सकारामक प्रभाव परेका कारण बिहीबार बैंकिङ उपसमुहको सेयरमा आकर्षण देखिएको हो ।
राष्ट्र बैंकले गरिदिएको मौद्रिक नीतिको नयाँ व्यवस्थाले अब बैंकहरुको आगामी वित्तीय विवरणमा नाफा बढ्ने अनुमान गरिएको छ । सोही अनुमानकै कारण यसदिन बैंकिङ उपसमुहको सेयर मुल्य यसरी बढेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
यसदिन कारोबारमा आएका विभिन्न १३ वटा उपसमुहमध्ये सबै उपसमुहको सेयर मुल्य सूचक बढेका छन् । सर्वाधिक बढेको बैंकिङ उपसमुहपछि उत्पादन उपसमुहको सेयर मुल्य २ दशमलब ९१ प्रतिशतले बढेको छ ।
यसैगरी, व्यापार उपसमुहको सेयर मुल्य १ दशमलब २० प्रतिशत , अन्य उपसमुहको १ दशमलब ०१ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सुन्य दशमलब ७० प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ९१ प्रतिशत, जीवन बीमा उपसमुहको सुन्य दशमलब ८१ प्रतिशत, लगानी उपसमुहको १ दशमलब २५ प्रतिशत , हाइड्रोपावर उपसमुहको १ दशमलब ८० प्रतिशत, होटल तथा पर्यटन उपसमुहको १ दशमलब १२ प्रतिशत, फाइनान्स उपसमुहको सुन्य दशमलब २८ प्रतिशत र विकास बैंक उपसमुहको १ दशमलब ५३ प्रतिशतले सेयर मुल्य बढेको छ ।
यसदिन कारोबारमा आएका कुल ३ सय वटा कम्पनीहरु मध्ये ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, अपरहेवाखोला, सिन्धु विकास बैंक र दोर्दीखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । लिबर्टी इनर्जीको सेयर मूल्य ९ दशमलब ९६ प्रतिशत , गुराँस लघुवित्तको ९ दशमलब २४ प्रतिशत , बोटलर्स नेपाल बालाजुको ८ दशमलब ९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बिहीबार हिमालयन रि इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै ९६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि धेरै कारोबार भएका कम्पनीहरुमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सिंगटी हाइड्रोपावर र कुमारी बैंक क्रमशः अगाडि रहेको छ ।
सबै सूचक हरियाली भएर बढ्दापनि यसदिन भूगोल इनर्जीको सेयर मुल्य ७ दशमलब १७ र उपकार लघुवित्तको सेयर मुल्य ६ दशमलब २५ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।