logo

सेयर बजारमा हरियाली, नेप्से ४९ दशमलब १५ अंकले बढेर २८१५ माथी

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको सकारात्मक प्रभाव

    688   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४९ दशमलब १५ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से २८ सय १५ दशमलब ४ विन्दुमा कायम भएको छ ।
यसदिन सेयर कारोबार रकम पनि अघिल्लो दिनको भन्दा बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा बिहीबार ११ अर्ब ३९ करोड २४ लाख १ हजार ८ सय १५ रुपैयाँको सेयर कारोबार भएको छ ।
१ सय ८६ वटा कम्पनीको सेयर मूल्य बढ्ेको छ । ५२ वटा कम्पनीको सेयर मुल्य घट्यो भने ६ वटा कम्पनीको स्थिर रहेको छ ।
यसदिन बैंकिङ उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै ३ दशमलब ३२ प्रतिशतले बढेको छ । विशेषगरि नेपाल राष्ट्र बैंकले गत मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले असल ऋणमा गर्दै आएको नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) लाई १ प्रतिशतमै झारेको छ । यसअघि यस्तो नोक्सानी १दशमलब १० प्रतिशत थियो। मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको असल कर्जाको प्रोभिजनिङ घटाएसँगै नाफा बढाउन मद्दत पुग्ने भएकाले लगानीकर्तामा सकारामक प्रभाव परेका कारण बिहीबार बैंकिङ उपसमुहको सेयरमा आकर्षण देखिएको हो ।
राष्ट्र बैंकले गरिदिएको मौद्रिक नीतिको नयाँ व्यवस्थाले अब बैंकहरुको आगामी वित्तीय विवरणमा नाफा बढ्ने अनुमान गरिएको छ । सोही अनुमानकै कारण यसदिन बैंकिङ उपसमुहको सेयर मुल्य यसरी बढेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
यसदिन कारोबारमा आएका विभिन्न १३ वटा उपसमुहमध्ये सबै उपसमुहको सेयर मुल्य सूचक बढेका छन् । सर्वाधिक बढेको बैंकिङ उपसमुहपछि उत्पादन उपसमुहको सेयर मुल्य २ दशमलब ९१ प्रतिशतले बढेको छ ।
यसैगरी, व्यापार उपसमुहको सेयर मुल्य १ दशमलब २० प्रतिशत , अन्य उपसमुहको १ दशमलब ०१ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सुन्य दशमलब ७० प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ९१ प्रतिशत, जीवन बीमा उपसमुहको सुन्य दशमलब ८१ प्रतिशत, लगानी उपसमुहको १ दशमलब २५ प्रतिशत , हाइड्रोपावर उपसमुहको १ दशमलब ८० प्रतिशत, होटल तथा पर्यटन उपसमुहको १ दशमलब १२ प्रतिशत, फाइनान्स उपसमुहको सुन्य दशमलब २८ प्रतिशत र विकास बैंक उपसमुहको १ दशमलब ५३ प्रतिशतले सेयर मुल्य बढेको छ ।
यसदिन कारोबारमा आएका कुल ३ सय वटा कम्पनीहरु मध्ये ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, अपरहेवाखोला, सिन्धु विकास बैंक र दोर्दीखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । लिबर्टी इनर्जीको सेयर मूल्य ९ दशमलब ९६ प्रतिशत , गुराँस लघुवित्तको ९ दशमलब २४ प्रतिशत , बोटलर्स नेपाल बालाजुको ८ दशमलब ९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बिहीबार हिमालयन रि इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै ९६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि धेरै कारोबार भएका कम्पनीहरुमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सिंगटी हाइड्रोपावर र कुमारी बैंक क्रमशः अगाडि रहेको छ ।
सबै सूचक हरियाली भएर बढ्दापनि यसदिन भूगोल इनर्जीको सेयर मुल्य ७ दशमलब १७ र उपकार लघुवित्तको सेयर मुल्य ६ दशमलब २५ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।