logo

सेयर बजार बढ्नेक्रम कायमै, ११ अर्ब बढीको कारोबार

    617   पटक पढिएको


१२ फागुन/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३.३५ अंकले बढेर २७ सय ५८ विन्दुमा पुगेको छ । सोमबार सहित नेप्से लगातार बढेको छैटौं कारोबार दिन हो ।
सेयर बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ११ अर्ब ५४ करोडको कारोबार भएको गियो । यसदिन ११ अर्ब ८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन ९० वटा कम्पनीको मूल्य बढ्दा १ सय ४५ को घट्यो भने ९ को स्थिर रह्यो । अन्य समूह सबैभन्दा धेरै २.५ प्रतिशत बढ्यो ।
यसदिन लगानी उपसमुहको ०.९८प्रतिशत , उत्पादन उपसमुहको ०.९७ प्रतिशत र बैंकिङ उपसमुहको ०.०९ प्रतिशतले सेयर मुल्य बढेको छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । राप्ती हाइड्रोको ९.४, बोटलर्स नेपाल बालाजुको ८, नेपाल हाइड्रो डेभलपर्सको ७.१ तथा नेपाल पुनर्बीमा कम्पनीको मूल्य ६.४ प्रतिशत बढ्यो ।
यसदिन फाइनान्स उपसमूहको सेयर मुल्य सबैभन्दा धेरै १ दशमलब २१ प्रतिशतले घट्यो । विकास बैंक ०.०९ प्रतिशत, होटल तथा पर्यटन ०.८७ प्रतिशत, हाइड्रोपावर ०.१५प्रतिशत, जीवन बीमा ०.९२ प्रतिशत, माइक्रोफाइनान्स ०.६३ प्रतिशत , निर्जीवन बीमा ०.७४ प्रतिशत र व्यापार उपसमुहको ०.२६ प्रतिशतले सेयर मुल्य घटेको छ ।
विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ५.४२, लक्ष्मी लघुवित्तको ५.३८, रिलायन्स फाइनान्सको ४.६८ तथा एनएलजी इन्स्योरेन्सको ४.४८ प्रतिशत घट्यो ।
हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ८९ करोड ३५ लाखको कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बीमाको ८० करोड ६७ लाखको कारोबार भएको छ । त्यसपछि, एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर तथा सीईडीबी होल्डिङस् क्रमशः कारोबार रकमका आधारमा अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।