logo

सेयर बजार बढ्नेक्रम जारी, ११ अर्ब ५४ करोडको कारोबार

    363   पटक पढिएको


११ फागुन/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारको उकालो यात्रा कायमै रहेको छ । यसअघि लगातार पाँचौ दिनसम्म सेयर बजार बढेको थियो । अघिल्लो कारोबार दिनको तुलनामा यसदिन सेयर बजारको परिसूचक नेप्से ११ दशमलब ६६ अंकले बढेर २७ सय ५५ दशमलब ४० विन्दुमा कायम भएको छ ।
विगतक केहीदिनदेखि नेपाल ग्रे लिस्टमा परेको हल्लापछिको मनोवैज्ञानिक त्रासले आइतबार बजार खुल्नेबित्तिकैको सुरुवाती कारोबारलाई धेरै असर पारेको थियो । आइतबार बिहान कारोबार सुरु भएको पाँच मिनेटमा नै नेप्से ह्वात्तै ५० अंक घटेर २६ सय ९२ विन्दुसम्म ओर्लिएको थियो । त्यसपछि क्रमशः बजार सम्हालिएर पुनः उकालोको यात्रालाई निरन्तरता दिएको छ ।

यसदिन नेप्सेमा दोहोरो अंकको बृद्धिसँगै कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको छ । आइतबार ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६ सय १२ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन जम्मा ८ अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसदिन बजार बढ्दा पनि अधिकांश कम्पनीको मूल्य घटेको छ । कुल ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने ४ वटाको स्थिर रहेको छ । अन्य उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै ३.७ प्रतिशत बढ्यो । यसैगरी, लगानी उपसमुहको १.३३ प्रतिशत , उत्पादन उपसमुहको २.७८ प्रतिशत, जीवन बीमा उपसमुहको ०.८६ प्रतिशत, निर्जीवन बीमा उपसमुहको ०.१३ प्रतिशत र बैंकिङ उपसमुहको ०.०३ प्रतिशतले सेयर मुल्य बढेको छ ।
यसदिन गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सकारात्मक सर्किट लागेर १० प्रतिशतले बढ्यो । छ्याङ्दी हाइड्रोपावरको ८.०२ प्रतिशत, बोटलर्स नेपाल बालाजुको ७.२९प्रतिशत , नेपाल पुनर्बीमाको ७.०५ प्रतिशत , विन नेपाल लघुवित्तको ६.३ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ५.८ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सको ५.१ प्रतिशतले सेयर मूल्य बढ्यो ।
यसैगरी, रिलायन्स फाइनान्सको ७.२ प्रतिशत, उपकार लघुवित्तको ६.७ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ६ प्रतिशतले सेयर मूल्य घट्यो । त्यस्तै, विकास बैंक उपसमुहको ०.४८ प्रतिशत, फाइनान्स उपसमुहको ०.४५प्रतिशत, होटल तथा पर्यटन उपसमुहको ०.५० प्रतिशत, हाइड्रोपावर उपसमुहको ०.५६ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको ०.६६ र व्यापार उपसमूहको सेयर मुल्य १.३२ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।