logo

नेप्से २९.८७ अंकले बढेर २७२७ विन्दुमाथी, १० अर्ब बढीको कारोबार

बैंकिङ सेक्टर बढेसँगै छायो लगानीकर्ताबीच उत्साह

    335   पटक पढिएको



५ माघ/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको परिसूचक नेप्से २९ दशमलब ८७ अंकले बढेको छ । दोहोरो अंकको वृद्धिपछि नेप्से २७ सय २७ दशमलब ९१ विन्दुमा कायम भएको छ । नेप्से परिसूचकसँगै यसदिन कारोबार रकम पनि ह्वात्तै बढेको छ ।
सोमबार १० अर्ब ४ करोड ९६ लाख ५४ हजार ८ सय ३२ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो कारोबारदिन ९ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
कारोबारमा आएका विभिन्न कम्पनीहरु मध्ये १ सय ६६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७४ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने ४ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । यसदिन बैंकिङ उपसमुहमा आएको उल्लेख्य वृद्धिका कारण समग्र सेयर बजारलाई बढाएको र सेयर कारोबार रकम पनि बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर बजारमा पूँजीकरणका आधारमा सबैभन्दा ठूलो उपसमुह बैंकिङ क्षेत्रको प्रभाव बढी पर्दछ । यसदिन बैंकिङ उपसमुहको सेयर मुल्य सूचक २ दशमलब १६ प्रतिशत बढेको छ । १३ वटा उपसमुह मध्ये यसदिन सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमुहको सेयर मुल्य २ दशमलब ४५ प्रतिशतले बढेको छ , त्यसपछि अन्य उपसमूहको सेयर मुल्य २ दशमलब ४७ प्रतिशतले बढेको छ । यसैगरी, विकास बैंक उपसमुहको सुन्य दशमलब ३३ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको २ दशमलब २९ प्रतिशत, लगानी उपसमुहको सुन्य दशमलब २० प्रतिशत, जीवन बीमा उपसमुहको सुन्य दशमलब ८९ प्रतिशत, उत्पादन उपसमुहको सुन्य दशमलब ७७ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सेयर मुल्य १ दशमलब ०७ प्रतिशतले बढेको छ ।

सोमबार ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतले सेयर मुल्य बढेका कम्पनीहरुमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावर रहेका छन् । भर्खर नेप्सेमा सूचीकृत भएको गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेर प्रतिकित्ता ५ सय ८६ रुपैयाँ ३० पैसा पुगेको छ ।
यसदिन सप्तकोशी विकास बैंकको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले नै घटेको छ । सेन्ट्रल फाइनान्सको ४.५ प्रतिशत , ग्रीन डेभलपमेन्टको ४.२ प्रतिशत र बेस्ट फाइनान्सको ३.८ प्रतिशतले सेयर मूल्य घटेको छ । यसैगरी, व्यापार उपसमुहको १ दशमलब २७ प्रतिशत, हाइड्रोपावर उपसमुहको सुन्य दशमलब १५ प्रतिशत र फाइनान्स उपसमुहको सुन्य दशमलब ८४ प्रतिशतले सेयर मुल्य घटेको छ । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स फाइनान्स र युनाइटेड इदी मर्दी हाइड्रोपावर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।