logo

नेप्से १९.५६ अंकले बढेर २७ सय नजिक पुग्यो, साढे ९ अर्बको कारोबार

    368   पटक पढिएको


४ फागुन/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २७ सय अंक नजिक पुगेको छ । आइतबार सेयर बजार परिसूचक नेप्से १९.५६ अंकले बढेर २६ सय ९८ विन्दुमा कायम भएको छ । यसदिन कारोबार रकम पनि बढेको छ । आइतबार ९ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ७ अर्ब ९२ करोडको कारोबार भएको थियो ।
यसदिन १ सय ७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६३ को घट्यो भने ४ वटाको स्थिर रह्यो । सबैभन्दा धेरै फाइनान्स उपसमुहमा लगानीकर्ताको आकर्षण देखिएको छ । फाइनान्स उपसमूहको सेयर मुल्य सर्वाधिक ४ दशमलब ९४ प्रतिशतले बढेको छ । ६ कम्पनी विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानाकी फाइनान्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।
यसदिन बैंकिङ उपसमुहको सुन्य दशमलब ९८ प्रतिशत , विकास बैंक सुन्य दशमलब ०८ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको १ दशमलब ९५ प्रतिशत, हाइड्रोपावर उपसमुहको सुन्य दशमलब ३६ प्रतिशत, लगानी उपसमुहको १ दशमलब १७ प्रतिशतले सेयर मुल्य बढेको छ ।
जीवन बीमा उपसमुहको सुन्य दशमलब ३९ प्रतिशत , उत्पादन उपसमुहको सुन्य दशमलब २० प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको १ दशमलब ८६ प्रतिशत , अन्य उपसमुहको ३८ प्रतिशत र व्यापार उपसमुहको सुन्य दशमलब २५ प्रतिशतले सेयर मुल्य बढेको छ ।
निर्जीवन बीमा उपसमुहको १.२८ प्रतिशतले घट्यो । यसैगरी, न्यादी हाइड्रोपावरको १० प्रतिशत घट्यो । एनएलजी इन्स्योरेन्सको ९.५५ प्रतिशत , बाराही हाइड्रोपावरको ७.४१ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ५ दशमलब ८ प्रतिशतले सेयर मुल्य घट्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, हिमालयन पावर पार्टनर, न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।