logo

नेप्से ७.२६ अंक घटेर २६७८ विन्दुमा,कारोबार रकम पनि घट्यो

    421   पटक पढिएको


१ फागुन/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७ दशमलब २६ अंकले घटेर २६७८ विन्दुमा कायम भएको छ । अघिल्लो दिन सेयर बजार जम्मा १ दशमलब ८६ अंकले मात्र बढेको थियो ।
यसदिन बजार घटेसँगै कारोबार रकम पनि अघिल्लो दिनको भन्दा केही घटेको छ । अघिल्लो दिन ८ अर्ब ७१ करोडको कारोबार भएकोमा यसदिन जम्मा ७ अर्ब ९२ करोडको मात्र सेयर कारोबार भएको छ । १ सय ६२ वटा कम्पनीको सेयर मुल्य घट्यो भने ६ को स्थिर रह्यो । ७६ वटा कम्पनीको सेयर मूल्य बढेको छ । बिहीबार फाइनान्स उपसमुहको सूचक सबैभन्दा धेरै १ दशमलब ८८ प्रतिशतले बढेको छ । यसैगरी, लगानी उपसमुहको सुन्य दशमलब ५२ प्रतिशत र माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब १७ प्रतिशतले सयेर मुल्य बढेको छ । अरु सबै उपसमुहको सयेर मुल्य घटेका छन् ।
बैंकिङ उपसमुहको ०.२३ प्रतिशत , विकास बैंक उपसमुहको ०.९५ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको ०.५८ प्रतिशत, हाइड्रोपावर उपसमुहको ०.९० प्रतिशतले सेयर मुल्य घटेको छ । त्यसैगरी, जीवन बीमा उपसमुहको ०.१४ प्रतिशत , उत्पादन उपसमुहको ०.४७ प्रतिशत, निर्जीवन बीमा उपसमुहको ०.८७ प्रतिशत, अन्य उपसमुहको ०.१० प्रतिशत र व्यापार उपसमूहको सेयर मुल्य सुन्य दशमलब ०१ प्रतिशतले घटेको छ ।
यसदिन गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, मातृभूमि लघुवित्त र पोखरा फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावरको सेयर मूल्य ६ दशमलब ७७ प्रतिशतले बढेको छ । गत आइतबारबाट नेप्से कारोबारमा सूचीकृत गार्डियन माइक्रोलाइफको सेयर मूल्य दैनिक सकारात्मक सर्किट लागेर प्रतिकित्ता ४ सय ८४ रुपैयाँ ६० पैसा पुगेको छ ।
न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ४.९, रिभर फल्स पावरको ४.१० तथा एनएलजी इन्स्योरेन्सको ३.५ प्रतिशत मूल्य घट्यो।
कारोबार रकमका आधारमा यसदिन एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, राधि विद्युत्, सिन्धु विकास बैंक र सेन्ट्रल फाइनान्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।