logo

पाँचौं दिन पनि घट्यो सेयर बजार

    683   पटक पढिएको


२८ माघ/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको परिसूचक नेप्से १० दशमलब ९८ अंकले घटेको छ । यो गिरावटसँगै नेप्से २६ सय ७७ विन्दुमा ओलिएको छ । यसअघिका चार कारोबार दिन पनि लगातार सेयर बजार घटेको थियो । यसरी निरन्तर बजार घट्दा सेयर कारोबार रकम पनि घटेको छ ।
यसदिन ६ अर्ब ९६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसदिन १ ६१ वटा कम्पनीको सेयर मुल्य घटेको छ । जम्मा ७७ वटा कम्पनीको सेयर मूल्य मात्र बढेको छ भने ६ वटाको स्थिर रहेको छ ।
यसदिन १३ वटा उपसमुहहरु मध्ये अन्य र व्यापार क्षेत्र बाहेक सबै उपसमुहको सेयर मुल्य घटेको छ । अन्य उपसमुहको सुन्य दशमलब २३ प्रतिशत र व्यापार उपसमुहको सुन्य दशमलब १० प्रतिशतले सेयर मुल्य बढेको छ । बैंकिङ उपसमुहको सुन्य दशमलब १७ प्रतिशत, विकास बैंक उपसमुहको सुन्य दशमलब २१ प्रतिशत, फाइनान्स उपसमुहको १ दशमलब २३ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब १७ प्रतिशतले सेयर मुल्य घटेको छ । यसैगरी, हाइड्रोपावर उपसमुहको सुन्य दशमलब ७६ प्रतिशत, लगानी उपसमुहको सुन्य दशमलब ४५ प्रतिशत, जीवन बीमा उपसमुहको सुन्य दशमलब ६१ प्रतिशत, उत्पादन उपसमुहको २ दशमलब ०७ प्रतिशत , माइक्रोफाइनान्स सुन्य दशमलब २७ प्रतिशतले घटेको छ । निर्जीवन बीमा उपसमुहको सेयर मुल्य स्थिर रहेका छ ।
बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सुपर मादी हाइड्रोपावरको ८.२४ प्रतिशत , सामुदायिक लघुवित्तको ८.१० प्रतिशत , अपर लोहोरेखोलाको ६.२५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसदिन न्यादी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो । यसैगरी, नेपाल रिपब्लिक मिडियाको ८ दशमलब ८४ प्रतिशत , सप्तकोशी विकास बैंकको ६ दशमलब ४३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा नेपाल रिपब्लिक मिडिया, सीएचडीसी, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनीहरु क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।