logo

पाँचौं दिन पनि घट्यो सेयर बजार

    355   पटक पढिएको


२८ माघ/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको परिसूचक नेप्से १० दशमलब ९८ अंकले घटेको छ । यो गिरावटसँगै नेप्से २६ सय ७७ विन्दुमा ओलिएको छ । यसअघिका चार कारोबार दिन पनि लगातार सेयर बजार घटेको थियो । यसरी निरन्तर बजार घट्दा सेयर कारोबार रकम पनि घटेको छ ।
यसदिन ६ अर्ब ९६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसदिन १ ६१ वटा कम्पनीको सेयर मुल्य घटेको छ । जम्मा ७७ वटा कम्पनीको सेयर मूल्य मात्र बढेको छ भने ६ वटाको स्थिर रहेको छ ।
यसदिन १३ वटा उपसमुहहरु मध्ये अन्य र व्यापार क्षेत्र बाहेक सबै उपसमुहको सेयर मुल्य घटेको छ । अन्य उपसमुहको सुन्य दशमलब २३ प्रतिशत र व्यापार उपसमुहको सुन्य दशमलब १० प्रतिशतले सेयर मुल्य बढेको छ । बैंकिङ उपसमुहको सुन्य दशमलब १७ प्रतिशत, विकास बैंक उपसमुहको सुन्य दशमलब २१ प्रतिशत, फाइनान्स उपसमुहको १ दशमलब २३ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब १७ प्रतिशतले सेयर मुल्य घटेको छ । यसैगरी, हाइड्रोपावर उपसमुहको सुन्य दशमलब ७६ प्रतिशत, लगानी उपसमुहको सुन्य दशमलब ४५ प्रतिशत, जीवन बीमा उपसमुहको सुन्य दशमलब ६१ प्रतिशत, उत्पादन उपसमुहको २ दशमलब ०७ प्रतिशत , माइक्रोफाइनान्स सुन्य दशमलब २७ प्रतिशतले घटेको छ । निर्जीवन बीमा उपसमुहको सेयर मुल्य स्थिर रहेका छ ।
बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सुपर मादी हाइड्रोपावरको ८.२४ प्रतिशत , सामुदायिक लघुवित्तको ८.१० प्रतिशत , अपर लोहोरेखोलाको ६.२५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसदिन न्यादी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्यो । यसैगरी, नेपाल रिपब्लिक मिडियाको ८ दशमलब ८४ प्रतिशत , सप्तकोशी विकास बैंकको ६ दशमलब ४३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा नेपाल रिपब्लिक मिडिया, सीएचडीसी, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनीहरु क्रमशः अगाडि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।