logo

नेप्से ४.४५ अंकले घट्यो, ८ अर्ब ९५ करोडको कारोबार

    359   पटक पढिएको


२३ माघ/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ४.४५ अंकले घटेर २७ सय ११ दशमलब ४५ विन्दुमा ओर्लिएको छ ।
यसदिन कारोबारमा आएका फाइनान्स, हाइड्रोपावर, म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी र अन्य बाहेकका उपसमूहले बजार घटाएका हुन् । सेयर मूल्य घट्दा १ सय २२ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । दुईवटा कम्पनीको सेयरमूल्य घटेर नेगेटिभ सर्किट लागेको छ । सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
सेयरमूल्य बढेका १ सय १३ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन उपकार लघुवित्त, छ्याङदी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । बुधबार सेयर बजार ओरालो लाग्दा पनि कारोबार रकम भने अघिल्लो दिनको थप बढेको छ। बुधबार ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ । अघिल्लो दिन ८ अर्ब ९१ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
यसदिन नेपाल रिइन्स्योरेन्सको सर्वाधिक ३३ करोड ७६ लाख र हिमालयन पावर पार्टनर २७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचन्ज लिमिटेडले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।