logo

सामान्य अंकले बढ्यो सेयर बजार

    406   पटक पढिएको


२१ माघ/अर्थ र व्यापार– यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार अघिल्लो दिनको तुलनामा समान्य अंकले मात्र बढेको छ । यसदिन सेयर बजार परिसूचक नेप्से २ दशमलब ४१ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७ सय ३० विन्दुमा कायम भएको छ ।
बजार सामान्य अंकमा बढ्दा कारोबार रकम अघिल्लो दिनको भन्दा केही घटेको छ । यसदिन ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार ५सय ३८ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन १२ अर्ब ९५ करोडको कारोबार भएको थियो । यसदिन ९७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १३७ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने ८ वटाको स्थिर रहेको छ ।
यसदिन १३ वटा उपसमुहको सूचकमा मिश्रित उतारचढाव देखिएको छ । बैंकिङ उपसमुहको सेयर मुल्य ०.५४ प्रतिशत, जीवन बीमा ०.६७ प्रतिशत , उत्पादन तथा प्रशोधन ०.२७ प्रतिशत, माइक्रोफाइनान्स ०.१० प्रतिशत, निर्जीवन बीमा उपसमुहको ०.८० प्रतिशत र व्यापार उपसमुहको ०.७९ प्रतिशतले बढेको छ ।
यसैगरी,उपकार लघुवित्त र भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । सप्तकोशी विकास बैंकको ८.७४ प्रतिशत , सामुदायिक लघुवित्तको ७.८४ प्रतिशत , सामलिङ पावरको ६.८ प्रतिशतले मूल्य बढेको छ ।
ग्रीन डेभलपमेन्ट बैंक र रिभरफल्स पावरको मूल्य १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, बरुण हाइड्रोपावर, साहस ऊर्जा र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहेको छ ।
अन्य उपसमुहको ०.६० प्रतिशत , लगानी ०.४७ उपसमुहको , हाइड्रोपावर ०.४८ प्रतिशत, होटल तथा पर्यटन ०.०१ प्रतिशत , फाइनान्स १.०७ प्रतिशत र विकास बैंक उपसमूहको ०.३९ प्रतिशतले सेयर मुल्य घटेको छ । सोमबार बजार खुलेको सुरुवाती एक घण्टा लगानीकर्ताको आकर्षणमा बैंकिङ उपसमुहक परेको थियो । एक घण्टामै बैंकिङ उपसमुहको सेयर मुल्य २ दशमलब ११ प्रतिशतले बढेको थियो ।
कारोबारमा आएका विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन् । निर्जीवन बीमाको सूचक सर्वाधिक ०.८२ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।