logo

सामान्य अंकले बढ्यो सेयर बजार

    686   पटक पढिएको


२१ माघ/अर्थ र व्यापार– यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार अघिल्लो दिनको तुलनामा समान्य अंकले मात्र बढेको छ । यसदिन सेयर बजार परिसूचक नेप्से २ दशमलब ४१ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७ सय ३० विन्दुमा कायम भएको छ ।
बजार सामान्य अंकमा बढ्दा कारोबार रकम अघिल्लो दिनको भन्दा केही घटेको छ । यसदिन ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार ५सय ३८ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन १२ अर्ब ९५ करोडको कारोबार भएको थियो । यसदिन ९७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १३७ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने ८ वटाको स्थिर रहेको छ ।
यसदिन १३ वटा उपसमुहको सूचकमा मिश्रित उतारचढाव देखिएको छ । बैंकिङ उपसमुहको सेयर मुल्य ०.५४ प्रतिशत, जीवन बीमा ०.६७ प्रतिशत , उत्पादन तथा प्रशोधन ०.२७ प्रतिशत, माइक्रोफाइनान्स ०.१० प्रतिशत, निर्जीवन बीमा उपसमुहको ०.८० प्रतिशत र व्यापार उपसमुहको ०.७९ प्रतिशतले बढेको छ ।
यसैगरी,उपकार लघुवित्त र भूगोल इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । सप्तकोशी विकास बैंकको ८.७४ प्रतिशत , सामुदायिक लघुवित्तको ७.८४ प्रतिशत , सामलिङ पावरको ६.८ प्रतिशतले मूल्य बढेको छ ।
ग्रीन डेभलपमेन्ट बैंक र रिभरफल्स पावरको मूल्य १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, बरुण हाइड्रोपावर, साहस ऊर्जा र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहेको छ ।
अन्य उपसमुहको ०.६० प्रतिशत , लगानी ०.४७ उपसमुहको , हाइड्रोपावर ०.४८ प्रतिशत, होटल तथा पर्यटन ०.०१ प्रतिशत , फाइनान्स १.०७ प्रतिशत र विकास बैंक उपसमूहको ०.३९ प्रतिशतले सेयर मुल्य घटेको छ । सोमबार बजार खुलेको सुरुवाती एक घण्टा लगानीकर्ताको आकर्षणमा बैंकिङ उपसमुहक परेको थियो । एक घण्टामै बैंकिङ उपसमुहको सेयर मुल्य २ दशमलब ११ प्रतिशतले बढेको थियो ।
कारोबारमा आएका विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट र अन्य बाहेकका उपसमूहले बजार बढाएका हुन् । निर्जीवन बीमाको सूचक सर्वाधिक ०.८२ प्रतिशतले बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।