logo

६९.८० अंकले बढ्यो नेप्से, झन्डै १३ अर्बको कारोबार

    730   पटक पढिएको


२० माघ/अर्थ र व्यापार– यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ६९ दशमलब ८० अंकले बढेर २७ सय २७ दशमलब ५८ विन्दुमा कायम भएको छ । सेयर बजारमा भारी अंकको बृद्धिसँगै यसदिन सेयर कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा धेरै बढेको छ । सेयर बजार परिसूचक नेप्से बढेको यो अंक पछिल्लो दुई महिना गत २० मंसिर यताकै उच्च अंक हो ।
यसदिन कुल १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १ सय ३६ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन ९ अर्ब ४० करोडको कारोबार भएको थियो । यसदिन कारोबार खुलेदेखि नै बजार निरन्तर उकालो यात्रामै लागेको थियो ।
आइतबार सेयर कारोबारमा आएका १३ वटा उपसमुहका विभिन्न कम्पनीहरु मध्ये २ सय२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ३७ वटाको घटकोे छ भने ३ वटा कम्पनीको सेयर मुल्य स्थिर रह्यो । यसदिन सबै उपसमुहका सूचकमा हरियाली छाएर सेयर मुल्य बढेका छन् । जसमध्ये सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमुहको सेयर मुल्य ४ दशमलब ९२ प्रतिशतले बढेको छ । त्यसपछि निर्जीवन बीमा उपसमुहको ३ दशमलब ७१ प्रतिशत, लगानी उपसमुहको ३दशमलब ३८ प्रतिशत, विकास बैंक उपसमुहको ३ दशमलब १५ प्रतिशत, बैंकिङ उपसमुहको २ दशमलब ५२ प्रतिशतले सेयर मुल्य बढेको ।
यसैगरी, फाइनान्स उपसमुहको १ दशमलब २९ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको १ दशमलब ८२ प्रतिशत, हाइड्रोपावर उपसमुहको १ दशमलब ४१ प्रतिशत, जीवन बीमा उपसमुहको २ दशमलब ४३ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमुहको ३ दशमलब सून्य ७ प्रतिशत, अन्य उपसमुहको २ दशमलब ६३ प्रतिशत र व्यापार उपसमूहको १ दशमलब ३१ प्रतिशतले सेयर मुल्य बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार ९ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर १० प्रतिशतले बढ्यो । १० प्रतिशत सेयर मूल्य बढेका कम्पनीहरुमा अधिकांश माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।
उन्नति सहकार्य, ग्लोबल आईएमई लघुवित्त, अभियान, विजय लघुवित्त, भूगोल इनर्जी हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यतिधेरै भारि अंकको सेयर बजार बढ्दा पनि यसदिन सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किटन लागेर १० प्रतिशतले घट्यो । सप्तकोशी विकास बैंकको ८ दशमलब २० प्रतिशत, माथिल्लो मैलुङखोलाको ५ दशमलब ८५ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ४ दशमलब ६ प्रतिशतले सेयर मूल्य घट्यो ।
यसदिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।