logo

६९.८० अंकले बढ्यो नेप्से, झन्डै १३ अर्बको कारोबार

    482   पटक पढिएको


२० माघ/अर्थ र व्यापार– यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ६९ दशमलब ८० अंकले बढेर २७ सय २७ दशमलब ५८ विन्दुमा कायम भएको छ । सेयर बजारमा भारी अंकको बृद्धिसँगै यसदिन सेयर कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा धेरै बढेको छ । सेयर बजार परिसूचक नेप्से बढेको यो अंक पछिल्लो दुई महिना गत २० मंसिर यताकै उच्च अंक हो ।
यसदिन कुल १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १ सय ३६ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन ९ अर्ब ४० करोडको कारोबार भएको थियो । यसदिन कारोबार खुलेदेखि नै बजार निरन्तर उकालो यात्रामै लागेको थियो ।
आइतबार सेयर कारोबारमा आएका १३ वटा उपसमुहका विभिन्न कम्पनीहरु मध्ये २ सय२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ३७ वटाको घटकोे छ भने ३ वटा कम्पनीको सेयर मुल्य स्थिर रह्यो । यसदिन सबै उपसमुहका सूचकमा हरियाली छाएर सेयर मुल्य बढेका छन् । जसमध्ये सबैभन्दा धेरै माइक्रोफाइनान्स उपसमुहको सेयर मुल्य ४ दशमलब ९२ प्रतिशतले बढेको छ । त्यसपछि निर्जीवन बीमा उपसमुहको ३ दशमलब ७१ प्रतिशत, लगानी उपसमुहको ३दशमलब ३८ प्रतिशत, विकास बैंक उपसमुहको ३ दशमलब १५ प्रतिशत, बैंकिङ उपसमुहको २ दशमलब ५२ प्रतिशतले सेयर मुल्य बढेको ।
यसैगरी, फाइनान्स उपसमुहको १ दशमलब २९ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको १ दशमलब ८२ प्रतिशत, हाइड्रोपावर उपसमुहको १ दशमलब ४१ प्रतिशत, जीवन बीमा उपसमुहको २ दशमलब ४३ प्रतिशत, उत्पादन तथा प्रशोधन उपसमुहको ३ दशमलब सून्य ७ प्रतिशत, अन्य उपसमुहको २ दशमलब ६३ प्रतिशत र व्यापार उपसमूहको १ दशमलब ३१ प्रतिशतले सेयर मुल्य बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार ९ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेर १० प्रतिशतले बढ्यो । १० प्रतिशत सेयर मूल्य बढेका कम्पनीहरुमा अधिकांश माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।
उन्नति सहकार्य, ग्लोबल आईएमई लघुवित्त, अभियान, विजय लघुवित्त, भूगोल इनर्जी हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यतिधेरै भारि अंकको सेयर बजार बढ्दा पनि यसदिन सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किटन लागेर १० प्रतिशतले घट्यो । सप्तकोशी विकास बैंकको ८ दशमलब २० प्रतिशत, माथिल्लो मैलुङखोलाको ५ दशमलब ८५ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ४ दशमलब ६ प्रतिशतले सेयर मूल्य घट्यो ।
यसदिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।