logo

संस्थागत सहकार्य गरेर पुँजीबजारमा विदेशी लगानी भित्र्याउनु पर्छ : अध्यक्ष ढकाल

    379   पटक पढिएको

१६ माघ / अर्थ र व्यापार- स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) का अध्यक्ष सागर ढकालले निजी क्षेत्रहरुबीच संस्थागत सहकार्य गरेर नेपाली पुँजीबजारमा विदेशी लगानी भित्र्याउनु पर्ने बताएका छन् । विभिन्न संघ–संस्थाहरुबीच फुटेर नभई एक आपसमा मिलेर सगम्र पुँजी बजारको विकासमा लाग्नु पर्ने उनले बताए ।

‘हामी सबैको उद्देश्य लगानी गरेर नाफा आर्जन गर्ने अनि सोही अनुरुप राज्यलाई कर तिर्दै देशको आर्थिक विकास गर्ने हो,’ नेपाल चेम्बर अफ कमर्सले एसबानका नयाँ कार्यसमितिलाई गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, ‘उद्देश्य एउटै भएपछि सबै आर्थिक र व्यवसायीका मुद्दामा सबै उद्योगी व्यवसायी र उनीहरुले नेतृत्व गर्ने संघ संगठन एक ठाउँमा उभिनुपर्छ ।’

त्यसैगरी अहिले नेपाली पुँजी बजार फण्डामेन्टल्ली भन्दा पनि हल्लाको भरमा रुमलिएको भन्दै यसलाई सुधार गर्नुपर्ने उनले बताए । ‘अस्थिर नीतिका कारण अहिले सेयर बजारका लगानीकर्ताहरु मारमा परेका छन्,’ उनले भने, ‘लगानीकर्ताले देशको नीति र नेतृत्व हेरेर आफ्नो लगानी गरेका हुन्छन् तसर्थ राज्यले दिर्घकालिन नीति बनाउनु पर्छ, त्यसका लागि चेम्बर जस्ता संस्थाले सरकारसँग दरोसँग लविङ गर्नुपर्छ ।’ अहिले नेपाली पुँजी बजारमा सेयर खरिदबिक्री मात्र भैरहेको भन्दै अब बजारमा नयाँ प्रविधि सहितको बण्ड मार्केट, सर्टसेल, इन्ट्रा डे कारोबार, ब्रोकरलाई मार्जिन लेण्डिङ सुविधाजस्ता नयाँ प्रोडक्ट ल्याउनुपर्ने उनको भनाई थियो ।

हाल अर्थतन्त्रमा देखिएको सिथिलताको अन्त्य गर्न टेलिकम, नागरिक लगानी कोष, कर्मचारी संचयकोष, सामाजिक सुरक्षा कोषजस्ता संस्थाहरुलाई बैंक वित्तीय संस्थाको संस्थापक सेयर खरिदमा लगाईएको १५ प्रतिशतको क्याप हटाईनुपर्ने अध्यक्ष ढकालले बताए । बजारमा संस्थागत लगानीकर्ताको अभाव भैरहेको अहिलेको अवस्थामा बजारलाई थप चलायमान बनाउन बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले दोस्रो बजारमा सेयरबिक्री गर्न लगाएको क्यापलाई समेत हटाउनुपर्ने ढकालको माग थियो ।

ब्रोकर एसोसिएसन र चेम्बरको सहकार्यले पुँजीबजारलाई चलायमान बनाएर समग्र लगानीकर्ताको हितमा काम गर्न सकिने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । ’सेयर बजार भनेको कुनैपनि देशको अर्थतन्त्रको ऐना हो,’ उनले भने, ’कुनै पनि विदेशी लगानीकर्ताले सम्बन्धित देशको ब्लूचीप कम्पनीको अध्ययन गरेर देशको अर्थतन्त्रको बारेमा बुझ्छन् ।’ साथै अहिले केही कम्पनीहरु सेयर जारी गरेर सर्वसाधारण लगानीकर्ताको पैसा आफुतिर खिच्ने उद्देश्यले अघि बढेको भन्दै त्यसलाई सरकारले सुक्ष्म तरिकारले नियमन गर्नुपर्ने बताए ।

त्यसैगरी चेम्वरका बरिष्ठ उपाध्यक्ष दिपक मलहोत्राले अहिले नेपालको पुँजीबजार नेपाली जनतामाझ लोकप्रिय भएको भन्दै अवका दिनमा हरेक बर्ष लाभांस दिने कम्पनीको मात्र आइपीओ जारी गर्नुपर्ने बताए । अहिले कतिपय कम्पनीहरुले व्यालेन्ससीटलाई म्यानुपुलेशन गरे घाटामा रहेका कम्पनीको पनि आइपीओ जारी गर्ने क्रम बढेकाले त्यसलाई रोक्नुपर्ने उनको भनाई थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।