logo

सेयर बजारका सबै सूचकमा हरियाली, नेप्से २४.५० अंकले बढेर २६५७ विन्दुमा

    386   पटक पढिएको


१५ माघ/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारका सबै सूचक बढेर हरियाली भएका छन् । यसदिन सेयर बजार परिसूचक नेप्से २४ दशमलब ५० अंकले बढेर २६ सय ५७ दशमलब ७७ विन्दुमा कायम भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा मंगलबार कारोबार रकम पनि बढेको छ । यसदिन ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो ।
यसदिन १ सय ७७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ६० वटा कम्पनीको सेयर मुल्य घटेको छ भने ६ वटाको स्थिर रहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार विकास बैंक उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै ४ दशमलब ७ प्रतिशतले बढेको छ ।
बैंकिङ उपसमुहको ०.२२ प्रतिशत , फाइनान्स उपसमुहको १.८८ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको ०.६८ प्रतिशत, हाइड्रोपावर उपसमुहको १.४९ प्रतिशत , लगानी उपसमुहको १प्रतिशतले सेयर मुल्य बढेको छ । यसैगरी, जीवन बीमा उपसमुहको ०.०८ प्रतिशत, उत्पादन उपसमुहको १.२३ प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको ०.४८ प्रतिशत , निर्जीवन बीमा उपसमुहको ०.२८ प्रतिशत, अन्य उपसमुहको १.७४ प्रतिशत र व्यापार उपसमुहको ०.२४ प्रतिशतले सेयर मुल्य बढेको छ ।
यसदिन ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, जानकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यसैगरी, सिन्धु विकास बैंककको ९.४७ प्रतिशत , मितेरीको ८.८३ प्रतिशत, ग्रीनको ८.१९प्रतिशत र एक्सल डेभलपमेन्ट बैंकको ७.६३ प्रतिशतले सेयर मूल्य बढेको छ । कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर र ङादी ग्रुप पावर क्रमशः अगाडि रहेको छ ।
१३ वटै उपसमुहको सूचक बढेर हरियाली छाएपनि दोल्ती पावरको सेयर मुल्य ८.४३ प्रतिशतले, सप्तकोशी विकास बैंकको ४.६३ प्रतिशत र भूगोल इनर्जीको २.८ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।