logo

सेयर बजार घट्नेक्रम कायमै, ८ अर्ब ८६ करोडको कारोबार

    441   पटक पढिएको


१४ माघ/अर्थ र व्यापार – यो साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट कायमै रहेको छ । सोमबार नेप्से परिसूचक १० दशमलब ६६ अंकले घटेर २६ सय ३३ दशमलब २७ विन्दुमा झरेको छ ।
बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब १२ करोडको कारोबार भएकोमा यसदिन जम्मा ८ अर्ब ९२ करोड ४ लाख ६५ हजार ८सय ८८ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन कुल १ सय ६ वटा कम्पनीको मूल्य बढ्दा १ सय २८ वटा कम्पनीको सेयर मुल्य घट्यो । ९ वटाको सेयर मुल्य स्थिर रहेको छ । अघिल्लो कारोबार दिनसम्म उच्च दरले घटेको फाइनान्समा यस दिन केही आकर्षण देखिएको छ ।
अघिल्लो दिन फाइनान्स उपसमुह ४ दशमलब ७६ प्रतिशतले घटेको थियो । सोमबार ३ दशमलब ४६ प्रतिशतले बढेको छ ।
यसदिन फाइनान्ससँगै विकास बैंक उपसमुहको सेयर मुल्य सुन्य दशमलब ७२ प्रतिशत, हाइड्रोपावर उपसमुहको सुन्य दशमलब ३५ प्रतिशत, उत्पादन उपसमुहको सुन्य दशमलब .६७ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ०४ प्रतिशतले बढेको छ । यसैगरी, न्यादी हाइड्रोपावर, जानाकी फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै बोटलर्स नेपाल बालाजुको सेयर मूल्य ८ दशमलब २ प्रतिशतले बढेको छ ।

सोमबार व्यापार १ दशमलब ८३ प्रतिशत, अन्य उपसमुहको १ दशमलब ६६ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सुन्य दशमलब ६७ प्रतिशत, जीवन बीमा उपसमुहको १ दशमलब १० प्रतिशत, लगानी उपसमुहको सुन्य दशमलब ७७ प्रतिशत, होटल तथा पर्यटन सुन्य दशमलब ५१ प्रतिशत र बैंकिङ उपसमुहको सुन्य दशमलब ५५ प्रतिशतले घटेको छ ।
सप्तकोशी विकास बैंकको ८.४६ प्रतिशत , उपकार लघुवित्तको ६.५, धौलागिरि लघुवित्तको ५.८, नेपाल हाइड्रो डेभलपर्सको ५.४ तथा स्वाभिमान लघुवित्तको सेयर मूल्य ४.३ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, माउन्टेन इनर्जी र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेको छ ।
यसदिन सप्तकोसी डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक ८ दशमलब ४६ प्रतिशतले घटेको छ। ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।