logo

सेयर बजार घट्नेक्रम कायमै, ८ अर्ब ८६ करोडको कारोबार

    584   पटक पढिएको


१४ माघ/अर्थ र व्यापार – यो साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट कायमै रहेको छ । सोमबार नेप्से परिसूचक १० दशमलब ६६ अंकले घटेर २६ सय ३३ दशमलब २७ विन्दुमा झरेको छ ।
बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब १२ करोडको कारोबार भएकोमा यसदिन जम्मा ८ अर्ब ९२ करोड ४ लाख ६५ हजार ८सय ८८ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन कुल १ सय ६ वटा कम्पनीको मूल्य बढ्दा १ सय २८ वटा कम्पनीको सेयर मुल्य घट्यो । ९ वटाको सेयर मुल्य स्थिर रहेको छ । अघिल्लो कारोबार दिनसम्म उच्च दरले घटेको फाइनान्समा यस दिन केही आकर्षण देखिएको छ ।
अघिल्लो दिन फाइनान्स उपसमुह ४ दशमलब ७६ प्रतिशतले घटेको थियो । सोमबार ३ दशमलब ४६ प्रतिशतले बढेको छ ।
यसदिन फाइनान्ससँगै विकास बैंक उपसमुहको सेयर मुल्य सुन्य दशमलब ७२ प्रतिशत, हाइड्रोपावर उपसमुहको सुन्य दशमलब ३५ प्रतिशत, उत्पादन उपसमुहको सुन्य दशमलब .६७ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सुन्य दशमलब ०४ प्रतिशतले बढेको छ । यसैगरी, न्यादी हाइड्रोपावर, जानाकी फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै बोटलर्स नेपाल बालाजुको सेयर मूल्य ८ दशमलब २ प्रतिशतले बढेको छ ।

सोमबार व्यापार १ दशमलब ८३ प्रतिशत, अन्य उपसमुहको १ दशमलब ६६ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सुन्य दशमलब ६७ प्रतिशत, जीवन बीमा उपसमुहको १ दशमलब १० प्रतिशत, लगानी उपसमुहको सुन्य दशमलब ७७ प्रतिशत, होटल तथा पर्यटन सुन्य दशमलब ५१ प्रतिशत र बैंकिङ उपसमुहको सुन्य दशमलब ५५ प्रतिशतले घटेको छ ।
सप्तकोशी विकास बैंकको ८.४६ प्रतिशत , उपकार लघुवित्तको ६.५, धौलागिरि लघुवित्तको ५.८, नेपाल हाइड्रो डेभलपर्सको ५.४ तथा स्वाभिमान लघुवित्तको सेयर मूल्य ४.३ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, माउन्टेन इनर्जी र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेको छ ।
यसदिन सप्तकोसी डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक ८ दशमलब ४६ प्रतिशतले घटेको छ। ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।