logo

नेप्से १०.४१ अंकले घट्यो, ९ अर्ब १२ करोड बढीको कारोबार

    668   पटक पढिएको


१३ माघ/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १० दशमलब ४१ अंकले घटेको छ ।
सो गिरावटपछि नेप्से २६ सय ४३ विन्दुमा ओर्लिएको छ । यसदिन नेप्से घट्दा पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । यसदिन ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५ सय १४ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो करोबार दिन ७ अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
१ सय १६ कम्पनीको मूल्य बढ्दा १ सय २१ वटाको घटेको छ । ६ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । यसदिन फाइनान्स उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै ४ दशमलब ७४ प्रतिशतले घटेको छ । बैंकिङ उपसमुहको ०.८९ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको ०.२७ प्रतिशत , लगानी उपसमुहको ०.५० प्रतिशत, जीवन बीमा ०.६१, उत्पादन १.६६, निर्जीवन बीमा ०.६७ प्रतिशत र व्यापार उपसमूहको ०.७५ प्रतिशतले सेयर मुल्य घटेको छ ।
आइतबार ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । बोटलर्स नेपाल बालाजु, दोल्ती पावर, जानाकी फाइनान्स र धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । नेपाल हाइड्रो डेभलपरको ८.६० प्रतिशत, नेपाल फाइनान्सको ८.२१ प्रतिशत, समृद्धि फाइनान्सको ७.९३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसदिन उपकार लघुवित्त र माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८८ प्रतिशत , आरम्भ चौतारी लघुवित्तको ९.६८ प्रतिशत , सिक्लेस हाइड्रोपावरको ८.६ प्रतिशतले सेयर मुल्य बढ्यो । यसैगरी, विकास बैंक ०.५९ प्रतिशत , हाइड्रोपावर ०.५४ प्रतिशत, माइक्रोफाइनान्स ०.७५ प्रतिशत र अन्य उपसमुहको ०.०३ प्रतिशतले सेयर मुल्य बढेको छ । कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, सिन्धु विकास बैंक र सीएचडीसी क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।