logo

सेयर बजार ५२. ३६ अंकले बढ्यो ,९ अर्ब २० करोडबढीको कारोबार

लगानीकर्ताबीच ‘हाइक्याप’ कम्पनीको सेयरमा विशेष आकर्षण

    702   पटक पढिएको


९ पुस/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ५२ दशमलब ३६ अंकले बढेको छ । क्रमशः उकालो यात्रा तय गर्दै बढेको बजारको सो वृद्धिपछि बुधबार सेयर बजार परिसूचक नेप्से २६ सय ६५ दशमलब ४५ विन्दुमा पुगेको छ । यसदिन दिनभर सेयर बजारका सूचकहरु दिनभर हरियाली रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि धेरै रुपैयाँले बढेको छ ।
यसदिन ९ अर्ब २० करोड ३ लाख ८८ हजार ३ सय ४९ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन कुल १९६ वटा कम्पनीको सेयर मूल्य बढ्यो । ९ वटाको स्थिर रह्यो भने ३७ वटाको सेयर मुल्य घट्यो । सबै उपसमुहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ४ दशमलब २४ प्रतिशत बढ्यो ।
बैंकिङ उपसमुह १ दशमलब ३२ प्रतिशत, विकास बैंक उपसमुहको २ दशमलब ७४ प्रतिशत, फाइनान्स उपसमुहको सून्य दशमलब ८९ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको २ दशमलब ७१ प्रतिशतले सयेर मुल्य बढेको छ । यसैगरी, हाइड्रोपावर उपसमुहको २ द शमलब १२ प्रतिशत, लगानी उपसमुहको ३ दशमलब ८२ प्रतिशत , जीवन बीमा उपसमुहको १ दशमलब ८९ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको १ दशमलब सून्य ७ प्रतिशत, उत्पादन मुलक क्षेत्र उपसमुहको सून्य दशमलब ०८ प्रतिशत, निर्जीवन बीमा उपसमुहको १ प्रतिशत, व्यापार उपसमुहको २ दशमलब ४५ प्रतिशतले सेयर मुल्य बढेको छ ।
बुधबार लगानीकर्ताबीच ‘हाइक्याप’ कम्पनीको सेयरमा विशेष आकर्षण देखिएको छ । यसदिन हाइक्याप भएरपनि सर्वाधिक सेयर मूल्य बढ्ने कम्पनीमा एचआईडीसीएल, निफ्रा, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स लगायतका ‘हाइक्याप’ कम्पनी रहेका छन् । जसका कारण हाइक्यापमा देखिएको यो अवस्थाले लगानीकर्तालाई अब सेयर बजार विस्तारै उकालो यात्रामा लागेको महसुश गराएको छ ।
यसदिन दुई कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरको सेयर मूल्य १० प्रतिशत सकारात्मक सर्किट लागेर बढ्यो । यसैगरी, ग्रीन डेभलपमेन्टको ९ दशमलब ८ प्रतिशत, एचआईडीसीएलको ८ दशमलब ४ प्रतिशत , सुपरमादी हाइड्रोपावरको ८ दशमलब २ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बुधबार सेयर बजार बढेर नेप्सेले हाफ सेन्चुरी नै हान्दा पनि बाराही हाइड्रोपावरको सेयर मूल्य भने ८ दशमलब २ प्रतिशतले घट्यो । रिभर फल्स पावरको ५ दशमलब ६ प्रतिशत, विन नेपाल लघुवित्तको २ दशमलब ८ प्रतिशतले सेयर मुल्य घट्यो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।