logo

सेयर बजार ५२. ३६ अंकले बढ्यो ,९ अर्ब २० करोडबढीको कारोबार

लगानीकर्ताबीच ‘हाइक्याप’ कम्पनीको सेयरमा विशेष आकर्षण

    425   पटक पढिएको


९ पुस/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ५२ दशमलब ३६ अंकले बढेको छ । क्रमशः उकालो यात्रा तय गर्दै बढेको बजारको सो वृद्धिपछि बुधबार सेयर बजार परिसूचक नेप्से २६ सय ६५ दशमलब ४५ विन्दुमा पुगेको छ । यसदिन दिनभर सेयर बजारका सूचकहरु दिनभर हरियाली रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि धेरै रुपैयाँले बढेको छ ।
यसदिन ९ अर्ब २० करोड ३ लाख ८८ हजार ३ सय ४९ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन कुल १९६ वटा कम्पनीको सेयर मूल्य बढ्यो । ९ वटाको स्थिर रह्यो भने ३७ वटाको सेयर मुल्य घट्यो । सबै उपसमुहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ४ दशमलब २४ प्रतिशत बढ्यो ।
बैंकिङ उपसमुह १ दशमलब ३२ प्रतिशत, विकास बैंक उपसमुहको २ दशमलब ७४ प्रतिशत, फाइनान्स उपसमुहको सून्य दशमलब ८९ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको २ दशमलब ७१ प्रतिशतले सयेर मुल्य बढेको छ । यसैगरी, हाइड्रोपावर उपसमुहको २ द शमलब १२ प्रतिशत, लगानी उपसमुहको ३ दशमलब ८२ प्रतिशत , जीवन बीमा उपसमुहको १ दशमलब ८९ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको १ दशमलब सून्य ७ प्रतिशत, उत्पादन मुलक क्षेत्र उपसमुहको सून्य दशमलब ०८ प्रतिशत, निर्जीवन बीमा उपसमुहको १ प्रतिशत, व्यापार उपसमुहको २ दशमलब ४५ प्रतिशतले सेयर मुल्य बढेको छ ।
बुधबार लगानीकर्ताबीच ‘हाइक्याप’ कम्पनीको सेयरमा विशेष आकर्षण देखिएको छ । यसदिन हाइक्याप भएरपनि सर्वाधिक सेयर मूल्य बढ्ने कम्पनीमा एचआईडीसीएल, निफ्रा, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स लगायतका ‘हाइक्याप’ कम्पनी रहेका छन् । जसका कारण हाइक्यापमा देखिएको यो अवस्थाले लगानीकर्तालाई अब सेयर बजार विस्तारै उकालो यात्रामा लागेको महसुश गराएको छ ।
यसदिन दुई कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरको सेयर मूल्य १० प्रतिशत सकारात्मक सर्किट लागेर बढ्यो । यसैगरी, ग्रीन डेभलपमेन्टको ९ दशमलब ८ प्रतिशत, एचआईडीसीएलको ८ दशमलब ४ प्रतिशत , सुपरमादी हाइड्रोपावरको ८ दशमलब २ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बुधबार सेयर बजार बढेर नेप्सेले हाफ सेन्चुरी नै हान्दा पनि बाराही हाइड्रोपावरको सेयर मूल्य भने ८ दशमलब २ प्रतिशतले घट्यो । रिभर फल्स पावरको ५ दशमलब ६ प्रतिशत, विन नेपाल लघुवित्तको २ दशमलब ८ प्रतिशतले सेयर मुल्य घट्यो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।