logo

नेप्से ७.३३ अंकले घट्यो, फाइनान्स उपसमुहमा पहिरो

    731   पटक पढिएको


३ माघ/अर्थ र व्यापार – यस साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेको छ । अघिल्लो कारोबारदिन २५ सय ८५ दशालब ८६ अंकमा रहेको नेप्से बिहीबार सो अंकले घटेर २५ सय ८८ दशालब ६२ विन्दुमा झरेको छ ।
अघिल्लो कारोबार दिन जस्तैगरि यसदिन पनि फाइनान्स उपसूचकमा ठूलो गिरावट आएको छ । यसका साथै बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, जीवन तथा निर्जीवन बीमा उपसमुहको सूचक घटेसँगै सेयर बजारमा यस्तो गिरावट देखिएको हो ।
साताको अन्तिम कारोबार दिन बिहीबार जलविद्युत् ३, प्रशोधन उद्योग, म्युचुअल फन्ड र व्यापार उपसमुहका सूचक मात्र केही बढेका छन् ।
केही महिना अघिसम्म फाइनान्स उपसमुहका सूचक धेरै नै बढेको थियो । तर, कर्णाली विकास बैंक समस्याग्रस्त भएपछि कमजोर फाइनान्स कम्पनीमाथि पनि अनुसन्धान भइरहेको रिपार्टहरू आएका छन् ।

सोही कारण अहिले यस्ता कम्पनीहरुमाथी लगानीकर्ताहरू आत्तिएका हुन सक्ने सम्बन्धीत लगानीकर्ताहरुले बताएका छन्। यसदिन फाइनान्स कम्पनीमध्ये पोखरा र जानकी फाइनान्समा नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स फाइनान्सको सेयर पनि करिब ८ प्रतिशतले घटेको छ । त्यसबाहेक खानीखोला जलविद्युत३ कम्पनीको सेयर पनि ९ प्रतिशतले घटेको छ ।
यसदिन समग्र बजार घट्दा पनि ४ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल, विन नेपाल लघुवित्त, मन्दाकिनी जलविद्युत् र अपर हेवाखोला जलविद्युत् सेयर १० प्रतिशतले बढेको छ । कारोबार रकमका हिसाबले भने सिन्धु विकास बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । यसलाई एनआरएन र सानिमा मिडल तमोरले पछ्याएका छन् । यसदिन ५ अर्ब ९३ करोड रुपैयाँबढीको सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।