logo

नेप्से ७.३३ अंकले घट्यो, फाइनान्स उपसमुहमा पहिरो

    424   पटक पढिएको


३ माघ/अर्थ र व्यापार – यस साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेको छ । अघिल्लो कारोबारदिन २५ सय ८५ दशालब ८६ अंकमा रहेको नेप्से बिहीबार सो अंकले घटेर २५ सय ८८ दशालब ६२ विन्दुमा झरेको छ ।
अघिल्लो कारोबार दिन जस्तैगरि यसदिन पनि फाइनान्स उपसूचकमा ठूलो गिरावट आएको छ । यसका साथै बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, जीवन तथा निर्जीवन बीमा उपसमुहको सूचक घटेसँगै सेयर बजारमा यस्तो गिरावट देखिएको हो ।
साताको अन्तिम कारोबार दिन बिहीबार जलविद्युत् ३, प्रशोधन उद्योग, म्युचुअल फन्ड र व्यापार उपसमुहका सूचक मात्र केही बढेका छन् ।
केही महिना अघिसम्म फाइनान्स उपसमुहका सूचक धेरै नै बढेको थियो । तर, कर्णाली विकास बैंक समस्याग्रस्त भएपछि कमजोर फाइनान्स कम्पनीमाथि पनि अनुसन्धान भइरहेको रिपार्टहरू आएका छन् ।

सोही कारण अहिले यस्ता कम्पनीहरुमाथी लगानीकर्ताहरू आत्तिएका हुन सक्ने सम्बन्धीत लगानीकर्ताहरुले बताएका छन्। यसदिन फाइनान्स कम्पनीमध्ये पोखरा र जानकी फाइनान्समा नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स फाइनान्सको सेयर पनि करिब ८ प्रतिशतले घटेको छ । त्यसबाहेक खानीखोला जलविद्युत३ कम्पनीको सेयर पनि ९ प्रतिशतले घटेको छ ।
यसदिन समग्र बजार घट्दा पनि ४ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल, विन नेपाल लघुवित्त, मन्दाकिनी जलविद्युत् र अपर हेवाखोला जलविद्युत् सेयर १० प्रतिशतले बढेको छ । कारोबार रकमका हिसाबले भने सिन्धु विकास बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । यसलाई एनआरएन र सानिमा मिडल तमोरले पछ्याएका छन् । यसदिन ५ अर्ब ९३ करोड रुपैयाँबढीको सेयर कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।