logo

नेप्से १५.५४ अंकले घट्यो

    381   पटक पढिएको


२९ पुस/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से १५ दशमलब ५४ अंकले घटेर २५ सय ९४ दशमलब १३ मा झरेको छ ।
पुस मसान्त एवं चालु आर्थिक वर्षको त्रैमासको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा सून्य दशमलब ५९ प्रतिशतको गिरावट आएको छ ।
नेप्सेमा गिरावट आएपनि सोमबार कारोबार रकम भने अघिल्लो दिनको भन्दा उलेख्य बढेको छ । यसदिन ६ अर्ब ६५ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब रुपैयाँ पुग्न पनि मुस्किल भएको थियो ।
सोमबार नेप्सेमा सबै उपसूचकमा गिरावट भएको छ । व्यापार उपसूचक सर्वाधिक १.८९ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.३६ प्रतिशत र वित्त कम्पनी उपसूचक १.३२ प्रतिशतले गिरावट भएको छ ।
सोमबार नेप्सेमा कुल २ सय ४३ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १ सय ७५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा जम्मा ६३ वटा कम्पनीको सेयर मुल्य बढेको छ । ५ वटा कम्पनीको सेयर मुल्य स्थिर रहेको छ । सोमबार कारोबार भएकामध्ये बाराही हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
यस्तै सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ८.८७ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंक ८.८१, सपोर्ट लघुवित्त ८.४१ र नेपाल एसबीआई बैंकको सेयर मूल्य ७.३० प्रतिशतले बढेर बन्द भएको छ ।
यता आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशत घट्दै नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै रिभर फल्स हाइड्रपोवरको सेयर मूल्य ८.३६ प्रतिशतले घटेको छ । यसदिन बजारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सेयर सर्वाधिक ४५ करोड २६ लाखको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।