logo

नेप्से र कारोबार दुबै बढ्यो

    412   पटक पढिएको


२४ पुस/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार परिसूचक नेप्से र कारोबार रकम दुबै बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यसदिन नेप्से परिसूचक ६ दशमलब ५३ अंकले बढेर २६ सय ५३ दशमलब २३ विन्दुमा कायम भएको छ । बुधबार ६ अर्ब ४० करोड ७९ लाख ९२ हजार ७ सय ८४ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको थियो ।
१ सय ३९ वटा कम्पनीको मूल्य बढेको छ । ९५ वटा कम्पनीको सेयर मुल्य घट्यो भने ८ वटाको स्थिर रहेको छ । यस दिन पनि फाइनान्स र विकास बैंक उपसमुहमा लगानीकर्ताको आकर्षण देखियो । जसमध्ये सर्वाधिक फाइनान्स उपसमुहको सेयर मुल्य ४ दशमलब ७७ प्रतिशत र विकास बैंक उपसमुहको २ दशमलब ५३ प्रतिशतले सेयर मुल्य बढेको छ ।
माइक्रोफाइनान्स उपसमुहको १ दशमलब ५९ प्रतिशत , उत्पादन उपसमुहको सून्य दशमलब ४० प्रतिशत, जीवन बीमा उपसमुहको सूनय दशमलब ४० प्रतिशत, हाइड्रोपावर उपसमुहको सून्य दशमलब २६ प्रतिशतले सेयर मुल्य बढेको छ ।
यसदिन समृद्धि फाइनान्स र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढ्यो । चिरख्वा हाइड्रोपावरको ९.८ प्रतिशत, सप्तकोशी विकास बैंकको ९.७ प्रतिशत, न्यादी हाइड्रोपावरको ९.३३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ७.४५ प्रतिशत, रिलायन्स फाइनान्सको ७.२ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ६.९ प्रतिशतले सेयर मूल्य बढ्यो ।
बुधबार बैंकिङ उपसमुहको सेयर मुल्य सून्य दशमलब २६ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको सून्य दशमलब ०६ प्रतिशत, लगानी उपसमुहको सून्य दशमलब ३८ प्रतिशत, निर्जीवन बीमा सून्य दशमलब १३ प्रतिशत , अन्य उपसमुहको सुन्य दशमलब २६ प्रतिशत र व्यापार उपसमुहको १ दशमलब ५६ प्रतिशतले सेयर मुल्य घटेको छ ।
सामुदायिक लघुवित्तको सेयर मुल्य १० प्रतिशतले घटेको छ । बाराही हाइड्रोपावरको ९ दशमलब ६ प्रतिशत र त्रिशुली जलविद्युत्को ६ दशमलब १ प्रतिशतले सेयर मुल्य घटेको छ । कारोबार रकमका आधारमा न्यादी हाइड्रोपावर, सिन्धु विकास बैंक, सुपरमादी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल फाइनान्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।