logo

पाँचौं दिन पनि बढ्यो सेयर बजार

    422   पटक पढिएको


२३ पुस/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारको वृद्धिले निरन्तरता पाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यसदिन नेप्से परिसूचक ६ दशमलब १६ अंकले बढेको छ । यस वृद्धिसँगै नेप्से परिसूचक बढेर २६ सय ४६ विन्दुमा कायम भएको छ । यो बृद्धिसहित लगातार पाँचौं दिन पनि सेयर बजार बढेको हो ।
यसदिन बजारको परिसूचक बढ्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । यसदिन कुल ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार २ सय ९५ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब ३० करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका आएका मध्ये १ सय २६ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ७ वटा कम्पनीको सेयर मुल्य घट्यो भने १० वटाको स्थिर रहेको छ । यसदिन सबैभन्दा धेरै फाइनान्स उपसमुहको सेयर मुल्य बढेको छ । फाइनान्स उपसमूहको सेयर मुल्य २ दशमलब ६५ प्रतिशतले बढेको छ ।
यसैगरी, व्यापार उपसमुहको सून्य दशमलब ५९ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सून्य दशमलब ४२ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सून्य दशमलब ४४ प्रतिशत, जीवन बीमा उपसमुहको सून्य दशमलब ६७ प्रतिशत, हाइड्रोपावर उपसमुहको सून्य दशमलब ४२ प्रतिशत र विकास बैंक उपसमुहको सून्य दशमलब ८० प्रतिशतले सेयर मुल्य बढेको छ । बैंकिङ उपसमुहको सेयर मुल्य सून्य दशमलब २७ प्रतिशतले घटेको छ , होटल तथा पर्यटन सून्य दशमलब ०४ प्रतिशत, अन्य समुहको सून्य दशमलब १८ प्रतिशत र उत्पादन क्षेत्र उपसमूहको सून्य दशमलब २५ प्रतिशतले सेयर मुल्य घटेको छ ।
यसदिन तीनवटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर बढ्यो । सप्तकोशी विकास बैंक, न्यादी हाइड्रोपावर र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंकको ९ दशमलब ७ प्रतिशत, समृद्धि फाइनान्सको ९ प्रतिशत , सामुदायिक लघुवित्तको ८ दशमलब ६ प्रतिशत र अपरहेवाखोलाको ८ दशमलब ३ प्रतिशतले सेयर मूल्य बढेको छ ।
कारोबार रकमका आधारमा सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, साहस ऊर्जा, एनआरएन इन्फ्रास्ट्रक्चर र भूगोल इनर्जी क्रमशः अगाडि रहेको छ । यसदिन आत्मनिर्भर लघुवित्त र दोल्ती पावरको सेयर मूल्य १० प्रतिशतले घट्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।