logo

सेयर बजार सामान्य अंकले बढ्यो

    893   पटक पढिएको


२१ पुस/अर्थ र व्यापार – सेयर बजार सामान्य अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से ५.३२ अंकले बढेर २५ सय ९१ दशमलब ५६ विन्दुमा पुगेको छ ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो कारोबार दिन भन्दा केही बढेर झन्डै ५ अर्ब रुपैयाँको कारोबार भएको छ । आइतबार ९३ लाख ८६ हजार ७ सय २१ कित्ता सेयर खरिदविक्री हुँदा कुल ४ अर्ब ८६ करोड २ लाख १ हजार ९ सय ७४ रुपैयाँको कारोबार भएको छ । यसदिन व्यापार र हाइड्रोपावर उपसूचकमा केही वृद्धि भएपनि बैंकिङ लघुवित्त लगायत उपसूचकमा गिरावट देखिएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक १.६७ प्रतिशतले वृद्धि हुँदा व्यापार उपसूचक १.१४ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसूचक ०.६० प्रतिशतले बढेको छ ।
यसदिन बैंकिङ उपसूचकमा ०.५५ प्रतिशतले गिरावट आएको छ । उत्पादनमूलक उपसूचकमा ०.६० प्रतिशतले गिरावट भएको छ । आइतबार बजारमा कुल २ सय ४३ वटा सूचिकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १ सय ४१ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ९४ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ८ वटाकम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबारको सेयर बजारमा जानकी फाइनान्सको सर्वाधिक १९ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि रिभर फल्स पावरको १७ करोड ३६ लाखको कारोबार भएको छ । यसदिन रसुवागढी हाइड्रोपावरको १२ करोड ९१ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको १२ करोड ७९ लाख र नेपाल फाइनान्सको ११ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबार नेप्सेमा उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत् कम्पनी र ग्रिन भेन्चर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यसैगरी, दोल्ती पावर कम्पनीको सेयर मूल्य ९.४४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ९.२४ प्रतिशतले बढेको छ । त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.८८ प्रतिशतले गिरावट भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।