logo

 गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको आइपीओ खुल्यो, लगानीकर्ताले २४ पुससम्म आवेदन दिन सक्ने

    747   पटक पढिएको

 
२१ पुस/अर्थ र व्यापार – गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आइपीओ बिक्री खुलाएको छ। इन्स्योरेन्सले दोस्रो चरणमा सर्वसाधारणका लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो।
१० महिनापछि सर्वसाधारणका लागि आइपीओ निष्कासन भएको हो। गत वर्ष फागुनमा सर्वोत्तम सिमेन्टको आइपीओ निष्कासन पछि अन्य कुनै आइपीओ सर्वसाधारणका लागि खुला गरिएको थिएन । लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँमा आगामी २४ पुससम्म आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० देखि अधिकतम् १ हजार कित्ताका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन्। सो कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीका लागि आइपीओ बिक्री गरिसकेको छ । यस इन्स्योरेन्सले कूल सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका श्रमिक र १ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानीकोषलाई बाँडफाँट गरिसकेको छ ।
यस्तै, निष्कासनको ३ प्रतिशतले हुन आउने ६७ लाख ५० हजार बराबरको ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको सो कम्पनीले जनाएको छ ।
२०७९ सालमा नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स पाएको यस कम्पनीले हाल व्यवसाय विस्तार गरिरहेको छ । सो कम्पनीले गत वर्ष २७ लाख ५० हजार नाफा कमाएको थियो। चालु वर्षमा ८४ लाख १४ हजार नाफा कमाउने प्रक्षेपण गरिएको छ । कम्पनीको प्रति सेयर आम्दानी ०.२५ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १००.५९ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।