logo

सेयर बजारमा पहिरो, नेप्से ३३.०८ अंकले घट्यो

    361   पटक पढिएको


१६ पुस/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । मंगलबार बिहान कारोबार खुलेको सुरुवातिदेखि नै लगातार ओरालो लागेको सेयर बजार परिसूचक नेप्से अन्तिम समयमा आएर ३३ दशमलब सून्य ८ अंकले घटेर २५ सय ७६ विन्दुमा ओर्लिएको छ ।
यसदिन सेयर बजारको सूचक नेप्से भारी अंकले घट्दा पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । यसदिन कुल ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार रुपैयाँको सेयर कारोबार भभएको छ । अघिल्लो कारोबार दिन जम्मा ५ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन जम्मा २९ वटा कम्पनीको मूल्य मात्र बढेको थियो। २ सय १२ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने ३ वटाको स्थिर रह्यो । अन्य समुह बाहेक सबै उपसमुहका सेयर मुल्य घटेका छन् ।
यसदिन सबैभन्दा धेरै फाइनान्स उपसमुहको सेयरमूल्य घटेको छ । जसमा ३ वटा फाइनान्स कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । विभिन्न १५ वटा फाइनान्स कम्पनीहरु मध्ये सबैभन्दा धेरै जानकी फाइनान्स र पोखरा फाइनान्सको सेयर मुल्य घटेको छ । यसदिन कारोबारमा आएका १५वटै फाइनान्सको सेयर मुल्यमा भारी अंकको गिरावट आएको छ । त्यसपछि व्यापार र विकास बैंक उपसमुहको सेयर मुल्य धेरै प्रतिशतले घटेको छ ।
मंगलबार फाइनान्स उपसमुहको ५ दशमलब १९प्रतिशत,विकास बैंक उपसमुहको २ दशमलब ७७ प्रतिशत, बैंकिङ उपसमुहको शुन्य दशमलब ९२ प्रतिशत, होटल तथा पर्यटन १.३८प्रतिशत , हाइड्रोपावर १.७३ प्रतिशत, लगानी शुन्य दशमलब ०८ प्रतिशत, जीवन बीमा उपसमुहको ०.६५प्रतिशत, उत्पादन क्षेत्र उपसमुहको १ दशमलब ५१ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको १ दशमलब ४१प्रतिशत, निर्जीवन बीमा उपसमुहको सून्य दशमलब ९५ प्रतिशत र व्यापार उपसमुहको २ दशमलब ९७ प्रतिशतले सेयर मुल्य घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।