logo

सेयर बजारमा पहिरो, नेप्से ३३.०८ अंकले घट्यो

    593   पटक पढिएको


१६ पुस/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । मंगलबार बिहान कारोबार खुलेको सुरुवातिदेखि नै लगातार ओरालो लागेको सेयर बजार परिसूचक नेप्से अन्तिम समयमा आएर ३३ दशमलब सून्य ८ अंकले घटेर २५ सय ७६ विन्दुमा ओर्लिएको छ ।
यसदिन सेयर बजारको सूचक नेप्से भारी अंकले घट्दा पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । यसदिन कुल ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार रुपैयाँको सेयर कारोबार भभएको छ । अघिल्लो कारोबार दिन जम्मा ५ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन जम्मा २९ वटा कम्पनीको मूल्य मात्र बढेको थियो। २ सय १२ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने ३ वटाको स्थिर रह्यो । अन्य समुह बाहेक सबै उपसमुहका सेयर मुल्य घटेका छन् ।
यसदिन सबैभन्दा धेरै फाइनान्स उपसमुहको सेयरमूल्य घटेको छ । जसमा ३ वटा फाइनान्स कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । विभिन्न १५ वटा फाइनान्स कम्पनीहरु मध्ये सबैभन्दा धेरै जानकी फाइनान्स र पोखरा फाइनान्सको सेयर मुल्य घटेको छ । यसदिन कारोबारमा आएका १५वटै फाइनान्सको सेयर मुल्यमा भारी अंकको गिरावट आएको छ । त्यसपछि व्यापार र विकास बैंक उपसमुहको सेयर मुल्य धेरै प्रतिशतले घटेको छ ।
मंगलबार फाइनान्स उपसमुहको ५ दशमलब १९प्रतिशत,विकास बैंक उपसमुहको २ दशमलब ७७ प्रतिशत, बैंकिङ उपसमुहको शुन्य दशमलब ९२ प्रतिशत, होटल तथा पर्यटन १.३८प्रतिशत , हाइड्रोपावर १.७३ प्रतिशत, लगानी शुन्य दशमलब ०८ प्रतिशत, जीवन बीमा उपसमुहको ०.६५प्रतिशत, उत्पादन क्षेत्र उपसमुहको १ दशमलब ५१ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको १ दशमलब ४१प्रतिशत, निर्जीवन बीमा उपसमुहको सून्य दशमलब ९५ प्रतिशत र व्यापार उपसमुहको २ दशमलब ९७ प्रतिशतले सेयर मुल्य घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।