logo

सेयर बजार सामान्य अंकले बढ्यो ,५ अर्ब ३२ करोड बढीको कारोबार

    438   पटक पढिएको


११ पुस/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । यसदिन कारोबार सुरुवातिदेखि नै लगातार उत्तारचढाव भईरहेको सेयर बजार परिसूचक (नेप्से) अन्तिम समयमा आएर ४ दशमलब १९ अंकले बढेर २६ सय ३० विन्दुमा आइपुगेको छ।
यसदिन कुल ३ सय १० वटा कम्पनीका २ करोड ९ लाख ७८ हजार बढी कित्ता सेयर खरिदविक्री हुँदा कारोबार रकम ५ अर्ब ३२ करोड ९२ लाख माथि पुगेको छ । यसदिन कारोबारमा आएकामध्ये बैंकिङ, लगानी, लघुवित्त र व्यापार उपसमुहको सेयर मुल्य बढेको छ । यि उपसमुह बाहेक सबै उपसमुहका परिसुचक ओरालो लागेका छन् ।
बिहीबार १ सय ६३ कम्पनीको सेयरमूल्य घट्दा ७० वटा कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ । ९ वटाको स्थिर रहेको छ । बिहीबार सेयर मुल्य बढेका कम्पनीहरु मध्ये आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसदिन बैंकिङ उपसमुहको आकर्षणले सेयर बढाएको हो । अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि बजारको परिसूचक नेप्से बैंकिङ क्षेत्रसँगै बढेको हो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचकसँगै कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ५ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन व्यापार उपसमुहको २ दशमलब ३१ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको शून्य दशमलब १४ प्रतिशत र लगानी उपसमूहको शून्य दशमलब २७ प्रतिशतले सेयर मुल्य बढेको छ ।
आत्मनिर्भर र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो । गुराँस लघुवित्तको ७ दशमलब ३२ प्रतिशत, प्रभु बैंकको ५ दशमलब ८ प्रतिशत , कुथेली बुखरी स्मल हाइड्रोपावरको ५ दशमलब ०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यसैगरी, वाणिज्य बैंकहरूमा एनआईएमबी बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, हिमालयन बैंक र नेपाल बैंक रहेका छन् । कारोबार रकमका आधारमा प्रभु बैंक, जानकी फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, कुमारी बैंक र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहेको छ ।
बिहीबार विकास बैंकका लगानीकर्ता केही शशंकित देखिएका छन् । अघिल्लो दिन समस्याग्रस्त घोषणा भएको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएपछि यसदिन कमजोर अवस्था रहेका विकास बैंकको मूल्य उच्च दरले घटेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोपावरको ९ दशमलब ९ प्रतिशत, सप्तकोशी विकास बैंकको मूल्य ९ दशमलब ४ प्रतिशतले सेयर मुल्य घट्यो । ग्रीन डेभलपमेन्ट बैंकको ८ दशमलब ४ प्रतिशत , एक्सल डेभलपमेन्ट बैंकको ४दशमलब ४ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको ३ दशमलब ५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यसैगरी, विकास बैंक उपसमुहको २ दशमलब ४८प्रतिशत , फाइनान्स उपसमुहको २ दशमलब ७० प्रतिशत, होटल तथा पर्यटन उपसमुहको शून्य दशमलब ७८प्रतिशत, हाइड्रोपावर उपसमुहको १ दशमलब २८ प्रतिशत, जीवन बीमा उपसमुहको शूनय दशमलब ३० प्रतिशत, उत्पादन उपसमुहको शून्य दशमलब ०८ प्रतिशत, निर्जीवन बीमा उपसमुहको शूनय दशमलब २६ प्रतिशत र अन्य उपसमूहको शूनय दशमलब १६ प्रतिशतले सेयर मुल्य घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।