logo

नेप्से १४.११ अंकले बढेर २६२६ विन्दुमा, कारोबार रकम पनि बढ्यो

    671   पटक पढिएको


९ मंसिर/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १४ दशमलब ११ अंकले बढेर २६ सय २६ विन्दुमा उक्लिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यसदिन नेप्से परिसूचक १४ दशमलब ११ अंकले बढेको हो । यसदिन दिउँसो करिब साढे १२ बजे नेप्से बढेर २६ सय ४५ विन्दुसम्म पुगेको थियो ।
अघिल्लो दिनको भन्दा यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४३ करोडको कारोबार भएकोमा यसदिन ५ अर्ब २० करोड २२ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यसदिन १ सय ६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७१ वटाको घट्यो भने ६वटाको सेयर मुल्य स्थिर रहेको छ ।
कारोबारमा आएका विभिन्न १३ वटाउपसमुहमध्ये मंगलबार विकास बैंक उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै १ दशमलब ७५ प्रतिशतले बढेको छ । बैंकिङ उपसमुह ०.७६ प्रतिशत, फाइनान्स उपसमुहको १ दशमलब ६२ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको ०.९४ प्रतिशत , हाइड्रोपावर उपसमुहको ०.७१ प्रतिशत, लगानी उपसमुहको ०.९६प्रतिशत , जीवन बीमा उपसमुहको ०.२८प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको ०.९५प्रतिशत , निर्जीवन बीमा उपसमुहको ०.५६ प्रतिशत र अन्य उपसमुहको ०.४९ प्रतिशतले सेयर मुल्य बढेको छ ।
यसदिन आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो । न्यादी हाइड्रोपावरको ८दशमलब ६प्रतिशत , सप्तकोशी विकास बैंकको ७ दशमलब ५ प्रतिशतले सेयर मुल्य बढेको छ ।
यसदिन उत्पादनमुलक उपसमूहको सेयर मुल्य २ दशमलब ३२ प्रतिशत र व्यापार उपसमुहको सेयर मुल्य ०.४५ प्रतिशतले घटेको छ । सपोर्ट माइक्रोफाइनान्सको १० प्रतिशत , जानकी फाइनान्सको ८ प्रतिशत र युनिलिभर नेपालको ७ दशमलब २ प्रतिशतले सेयर मूल्य घटेको छ । कारोबार रकमका आधारमा जानकी फाइनान्स, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स, माउन्टेन इनर्जी नेपाल र न्यादी हाइड्रोपावर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।