logo

नेप्से १४.११ अंकले बढेर २६२६ विन्दुमा, कारोबार रकम पनि बढ्यो

    385   पटक पढिएको


९ मंसिर/अर्थ र व्यापार – यस साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १४ दशमलब ११ अंकले बढेर २६ सय २६ विन्दुमा उक्लिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यसदिन नेप्से परिसूचक १४ दशमलब ११ अंकले बढेको हो । यसदिन दिउँसो करिब साढे १२ बजे नेप्से बढेर २६ सय ४५ विन्दुसम्म पुगेको थियो ।
अघिल्लो दिनको भन्दा यसदिन कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४३ करोडको कारोबार भएकोमा यसदिन ५ अर्ब २० करोड २२ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यसदिन १ सय ६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७१ वटाको घट्यो भने ६वटाको सेयर मुल्य स्थिर रहेको छ ।
कारोबारमा आएका विभिन्न १३ वटाउपसमुहमध्ये मंगलबार विकास बैंक उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै १ दशमलब ७५ प्रतिशतले बढेको छ । बैंकिङ उपसमुह ०.७६ प्रतिशत, फाइनान्स उपसमुहको १ दशमलब ६२ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको ०.९४ प्रतिशत , हाइड्रोपावर उपसमुहको ०.७१ प्रतिशत, लगानी उपसमुहको ०.९६प्रतिशत , जीवन बीमा उपसमुहको ०.२८प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको ०.९५प्रतिशत , निर्जीवन बीमा उपसमुहको ०.५६ प्रतिशत र अन्य उपसमुहको ०.४९ प्रतिशतले सेयर मुल्य बढेको छ ।
यसदिन आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो । न्यादी हाइड्रोपावरको ८दशमलब ६प्रतिशत , सप्तकोशी विकास बैंकको ७ दशमलब ५ प्रतिशतले सेयर मुल्य बढेको छ ।
यसदिन उत्पादनमुलक उपसमूहको सेयर मुल्य २ दशमलब ३२ प्रतिशत र व्यापार उपसमुहको सेयर मुल्य ०.४५ प्रतिशतले घटेको छ । सपोर्ट माइक्रोफाइनान्सको १० प्रतिशत , जानकी फाइनान्सको ८ प्रतिशत र युनिलिभर नेपालको ७ दशमलब २ प्रतिशतले सेयर मूल्य घटेको छ । कारोबार रकमका आधारमा जानकी फाइनान्स, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स, माउन्टेन इनर्जी नेपाल र न्यादी हाइड्रोपावर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।