logo

दुई दिनको उच्च गिरावटपछि सेयर बजार झिनो अंकले बढ्यो

    378   पटक पढिएको


२ पुस/अर्थ र व्यापार– गत बिहीबार र सोमबार उच्च दरले घटेको नेप्से मंगलबार जम्मा २.९५ अंकले बढेर २६ सय ३३ दशमलब ८७ विन्दुमा पुगेको छ । गत बिहीबार १.२३ प्रतिशतले घटेको नेप्से यो साताको पहिलो कारोबार दिन सोमबार करिब २ प्रतिशतले घटेको थियो ।
मंगलबार बिहान बजार खुल्नेवित्तिकै नेप्से १७ अंकसम्म बढेर केही सुधार हुने संकेत देखिएपनि सो वृद्धि उत्साहजनक हुन सकेन । अन्तिम समयमा आएर जम्मा २ दशमलब ९५ अंकमा बजार बन्द भयो । नेपाल स्टक एक्चेन्ज लिमिटेडका अनुसार मंगलबारको सुधारलाई कारोबार रकमले पनि साथ नदिएको देखिएको छ । अघिल्ला दुई कारोबार दिन ६ करिब अर्बरुपैयाँको कारोबार भएकोमा मंगलबार जम्मा ४ अर्ब ३४ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।
यसले राजनीतिक तहमा उथलपुथल हुन्छ कि भन्ने डरले लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा बसेको देखिन्छ । मंगलबार कारोबारमा आएका १३ उपसूचकमध्ये ८ वटा उपसुचक हरियो भयो भने ५ वटा उपसूचक रातो भएको छ । यसदिन कुनै पनि उपसूचकको वृद्धि वा घटाइ एक प्रतिशत भन्दा बढी हुन सकेन ।
मंगलबार सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । कारोबारका हिसाबले पनि जानकी फाइनान्सको कारोबार सबैभन्दा धेरै २२ करोड रुपैयाँको भएको छ ।
अघिल्लो कारोबारदिन सोमबार सकारात्मक सर्किट लागेर ३३ सय पुगेको कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा मंगलबार नकारात्मक सर्किट लागेको छ ।
मंगलबार १ सय १७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १७ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार सबैभन्दा उच्च दरमा फाइनान्स उपसूचक ०.८७ प्रतिशतले बढेको छ भने विकास बैंक उपसूचक सबैभन्दा उच्च दर ०.६५ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।