logo

स्टक ब्रोकर र लगानीकर्ताका समस्याबारे सरकारलाई बुझाएर दिर्घकालिन रुपमै समाधानको प्रयास गर्ने ढकालको प्रतिवद्धता

    637   पटक पढिएको


२७ मंसिर/अर्थ र व्यापार – नेपाल स्टक ब्रोकर्स एशोसिएशनका नवनियुक्त अध्यक्ष सागर ढकालले आफ्नो कार्यकालमा स्टक ब्रोकर र लगानीकर्ताका समस्याबारे सरकारलाई बुझाएर दिर्घकालिन रुपमै समाधानको प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढकालले पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् । उनले पूँजि बजारको नीतिगत सुधारमा र लगानीमैत्री वातावरण बनाउने कार्यमा यो नेतृत्व लाग्ने भन्दै अहिले धितोपत्र दलाल व्यवसायीका धेरै नीतिगत समस्या रहेकाले आगामी दिनमा त्यसलाई सुधार गर्दै व्यवसायी मैत्री वातावरण निर्माण गर्ने बताए ।
सरकारी नीतिगत झण्झटका कारण व्यवसायीले सरकारले ल्याउने हरेक बजेट र आर्थिक ऐन तथा विभिन्न नीतिगत परिवर्तनमार्फत समस्याहरु झेल्दै आएको जानकारी गराउँदै उनले अबको दुई बर्षमा स्टक ब्रोकर र लगानीकर्ताका समस्याहरु सरकारलाई बुझाएर दिर्घकालिन रुपमै समाधानको प्रयास गरिने दावी गरे ।
उनले अहिले नेपाली पूँजी बजार सेयर खरिदबिक्रीमा मात्रै सीमित रहेको भन्दै अबका दिनमा नेपाल धितोपत्र बोर्ड र सरकारसँगको सहकार्यमा मार्जिन ट्रेडिङ्ग, इन्ट्रा डे तथा सर्ट सेलिङ एवं इक्विटि डेरिभेटिभका साथै अन्य वित्तीय औजारहरु कार्यान्वनयमा ल्याउने पनि जानकारी दिए ।
यसैगरी, धितोपत्र दलाल व्यवसायीहरु लगानी व्यवस्थापन सेवा, लगानी एड्भाइजरी सेवा, मार्जिन लेण्डिङ्ग सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रुपमासमेत सक्षम भएको दावी गर्दै उनले अझै नेपालको पूँजी बजारलाई थप व्यवस्थित बनाउन आफुले सक्दो नीतिगत सुधारको पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले अहिले लगानीकर्ताले २ वटा मात्र डिम्याट खाता खोली सेयर कारोबार गर्न पाउने व्यवस्था रहेकोमा अबका दिनमा त्यसलाई हटाउँदै आवश्यकताको आधारमा खोल्ने पाउने व्यवस्थाका लागि पहल गरिने जानकारी दिए ।
हाल पूँजी बजार क्षेत्रमा हुने कारोबारमा देखिएको विकृति र विसंगतिको न्यूनीकरण सरोकारवाला निकायसँगको सहकार्यमा गरिने भन्दै उनले धितोपत्र दलाल व्यवसायीलाई हेर्ने नजरमा समेत परिवर्तन ल्याउनु आवस्यक भएको बताए । उनले धितोपत्र दलाल व्यवसायी कम्पनीका सेयरधनीलाई डिस्क्लोजर सहित आफ्नै संस्थाबाट सेयर खरिदबिक्री गर्न पाउने व्यवस्था लागू गर्न सम्बन्धित निकायसँग पहल गरिने बताए ।
उनले अहिले ब्रोकर कम्पनीहरुले नेपाल स्टक एक्सचेन्जसमक्ष बैंक ग्यारेन्टी राखी त्यसको २५ गुणासम्म कारोबार लिमिट प्राप्त गरिरहेकोमा आगामी दिनमा यस्तो सीमालाई ५० गुणासम्म बनाउनकालागि सम्बन्धित निकायसँग लविङ गरिने जानकारी दिए ।
यसैगरी, अहिले नेपाल उद्योग वाणिज्य महासंघ लगायत अन्य व्यवसायीक संस्थाको कार्ड बोकेर सिंहदरबार लगायत सरकारी निकायमा सहजरुपमा प्रवेश पाईरहेको भन्दै केही समयभित्र स्टक ब्रोकर एशोसिएशनले जारी गरेको कार्ड देखाएर त्यस्ता निकायमा सहजै प्रवेश गर्न पाउने व्यवस्था गरिने समेत जानकारी गराए ।
सो एशोसिएशनको ३०औं वार्षिक साधारणसभाबाट निर्वाचित भएका ९ सदस्यीय नयाँ कार्यसमितिले बिहीबार नै शपथ ग्रहण र प्रमाणपत्र ग्रहण गरेका हुन् । सो साधारणसभाले एशोसिएशनको अध्यक्षमा सागर ढकाललाई निर्वाचित गरेको थियो । यसैगरी, एसोसिएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, कोषाध्यक्ष मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका थिए । कार्यसमित सदस्यहरुमा विशालकुमार अग्रवाल, प्रियन्सु अग्रवाल, जयन्त श्रीवास्तव र जेलिना कँडेल निर्वाचित भएका थिए ।
बिहीबार एसोसिएसनको सो साधारण सभामाबाट निर्वाचित भएका सबैलाई काठमाडौंमा आयोजित कार्यक्रममा शपथ ग्रहण गराइएको हो ।
एसोसियनको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् भने कार्यसमिति उपाध्यक्षमा नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, कोषाध्यक्ष मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन् । नवनिर्वाचित यस कार्यसमितिलाई निवर्तमान अध्यक्ष धर्मराज सापकोटाले स्वागत गरेका थिए । नयाँ पदाधिकारीलाई अधिवक्ता वासुदेव रिजालले शपथ ग्रहण गराएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।