logo

आज पनि घट्यो सेयर बजार,नेप्से १२.८४ अंकले घट्यो

    472   पटक पढिएको


२४ मंसिर/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट आएको छ । यसदिन नेप्से परिसूचक १२.८४ अंकले घटेर २६ सय ७६ दशमलब १५ विन्दुमा झरेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा यसदिन सेयर कारोबार रकम पनि खुम्चिएर जम्मा ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८ सय २२ रुपैयाँमा सिमित भएको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको ३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएका कुल ३१७ वटा कम्पनीहरु र १३ वटा उपसमुह मध्ये फाइनान्स, इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य बाहेकका उपसमूहले सेयर बजार घटाएका हुन् । यसदिन १ सय ३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ९२ वटा कम्पनीको सेयरमुल्य बढेको छ भने १३ वटाको स्थिर रहेको छ । स्वाभिमान लघुवित्तको सेयर मूल्य घटेर नकारात्मक सर्किट लागेको छ । त्यसपछि खानीखोला हाइड्रोपावरको ८.२ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२ प्रतिशत , सुपरमाइ हाइड्रोपावरको ३.८ प्रतिशतले सेयर मूल्य घटेको छ ।
बैंकिङ उपसमुहको ०.४६ प्रतिशत , विकास बैंक उपसमुहको ०.६८प्रतिशत , होटल तथा पर्यटन उपसमुहको ०.८३ प्रतिशत, हाइड्रोपावर उपसमुहको ०.५४ प्रतिशत, जीवन बीमा उपसमुहको १.६७ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको ०.६१प्रतिशत , निर्जीवन बीमा उपसमुहको १.१६ प्रतिशत र व्यापार समूह १.३० प्रतिशतले सेयर मुल्य घटेको छ ।
इमर्जिङ नेपालको सेयर मुल्य सर्वाधिक ८ दशमलब ७६ प्रतिशतले वृद्धि भएको छ । उत्पादनमुलक क्षेत्र उपसमुहको १.०६ प्रतिशत, लगानी उपसमुहको ०.७६ प्रतिशत , फाइनान्स उपसमुहको सेयर मुल्य ०.१५ प्रतिशतले बढेको छ । दिनभरको सेयर कारोबारमा सर्वाधिक एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड २७ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ ।
यसैगरी, महिला लघुवित्तको ७.१ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३ प्रतिशत , हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।