logo

सेयर बजारमा भारी अंकको गिरावट

    520   पटक पढिएको


२३ मंसिर/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा यसदिन नेप्से परिसूचक ४५.९३ अंकले घटेर २६ सय ८९ विन्दुमा ओर्लिएको छ ।
सेयर बजारमा देखिएको भारी अंकको गिरावटसँगै कारोबार रकम पनि घटेको छ । यसदिन कुल ७ अर्ब ४६ करोडको ३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ३६ करोडको कारोबार भएको थियो ।
कुल ३२१ वटा कम्पनीको सेयर कारोबार भएकोमा आइतबार जम्मा २७ वटा कम्पनीको मूल्य मात्र बढेको छ । २ सय १४ वटाको घटेको छ भने ३ वटाको स्थिर रह्यो । यसदिन सबै उपसमुहका सूचक घटेका छन् । लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घटेको छ ।
बैंकिङ उपसमुहको सेयर मुल्य १.८६ प्रतिशत , विकास बैंक १.०४ प्रतिशत , फाइनान्स १.८४ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको १.८१प्रतिशतले घटेको छ । हाइड्रोपावर उपसमुहको १.९८प्रतिशत , लगानी उपसमुहको १.३३ प्रतिशत, उत्पादन क्षेत्र उपसमुहको ०.३२ प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको १.५०प्रतिशत , निर्जीवन बीमा उपसमुहको ०.८३ प्रतिशत, अन्य उपसमुहको ०.८१ प्रतिशत र व्यापार उपसमूहको सेयर मुल्य २.१३ प्रतिशतले घटेको छ ।
यसदिन मानुसी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशतले घट्यो । दिव्यश्वरी हाइड्रोको ७ प्रतिशत , सुपरमादी हाइड्रोपावरको ६.८८ प्रतिशतले र सान्जेन जलविद्युत्को ६.६८ प्रतिशतले सेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, रिभर फल्स पावर, खानीखोला हाइड्रोपावर र बेस्ट फाइनान्स क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।