logo

पूँजी बजारमा हुने अनैतिक कार्य रोक्ने सेबोन अध्यक्ष श्रेष्ठको दावी

    344   पटक पढिएको


२० मंसिर/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बजारमा हुने इन्साइडर ट्रेडिङ र म्यानुपुलेसन रोक्न र अनैतिक कार्यलाई रोक्न आफुले कुनै हिचकिचाहट नगर्ने दाबी गरेका छन् । उनले जस्तोसुकै दबाव आएपनि आफुले पूँजी बजारमा हुने अनैतिक कार्य रोकेरै छाड्ने दावी गरे ।
बिहीबारबाट काठमाडौमा सुरु स्टक ब्रोकर एसोसिएसन अफ नेपालको ३० औं वार्षिक साधारणसभा उद्घाटनको क्रममा बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले यस्तो दावी गरेका हुन् ।
यसका साथै उनले पुँजी बजारलाई स्थायित्व दिई नयाँ उचाई पु¥याउने प्रतिबद्धता व्यक्त गरे । पुँजी बजारलाई थप चलायमान बनाउन सम्पुर्ण लगानीकर्ताका साथै सरोकारवालाको साथ र सहयोग आवश्यक रहेको भन्दै उनले हाल पुँजी बजारमा आएको प्रगतिसँगै चुनौती पनि थपिएको बताए ।
बोर्डको कामलाई थप प्रभावकारी बनाउन सर्वसाधारण लगानी कर्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले पुँजी बजारको विकासमा ब्रोकर कम्पनीहरुको भुमिका प्रसंसनीय रहेको बताए । उनले बजारमा हुने अनैतिक कार्यलाई रोक्न आफुले कुनै हिचकिचाहट नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंकमा पैसा भए पनि सेयर बजार चलायमान हुन नसकेको बताए । अहिले समितिमा धितोपत्र ऐनसहित ५ वटा विधेयक आएको जानकारी गराउँदै उनले विज्ञहरुको सुझावका आधारमा अघि बढ्ने बताए । उनले सेयर बजारलाई सुरक्षित कारोबार गराउने गरि कानुन बनाउने बताए ।
अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले देशको ७० प्रतिशत सम्पत्ति १०० जनाको हातमा रहेको उल्लेख गरे । यसले अर्थतन्त्र माथि जान नसक्ने भन्दै उनले नयाँ मान्छेलाई बजारमा आउन नदिने हो भने बजारको विकास नहुने धारणा राखे ।
पुँजी बजारको विकास गर्न डिजिटलमा जानुको विकल्प नभएको भन्दै पौडेलले वित्तीय बजारको विकासका लागि नयाँ स्टक चाँहिने हो कि होइन भन्नेमा सबैले ध्यान दिनुपर्ने बताए ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष समेत रहेका पौडेलले बजार विकासका लागि ब्रोकर सम्बन्धी छुट्टै कानुन आवश्यक रहेको बताए । सरकारी बन्ड, ग्रिन बन्डमा जान आवश्यक रहेको भन्दै उनले बजारको विकासका लागि नियमन, सुपरिवेक्षण बलियो चाहिने बताए ।
उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले ऐन संशोधन गर्न समय लाग्ने, संशोधन भएपछि व्याख्या आफू अनुकुल हुने गरेको बताए । सेबोनलाई स्वायत्त बनाउन लाग्नुपर्ने सुझाव दिँदै उनले महासंघ र आईक्यान हटाउन खोज्नु गलत भएको बताए । बजार घट्दा धेरै चिन्ता हुने र बढ्दा ‘केकेन होला’ भन्ने चलन रहेको भन्दै उनले मार्जिन ट्रेडिङको सिमा कति राख्ने भन्ने निर्धारण सेबोनले गर्नुपर्ने, राष्ट बैंकले गर्न नहुने धारणा राखे । यसैगरी, उनले ब्रोकरले गल्ती गरे कारोबार रोक्ने, थुन्नेभन्दा पनि नगद जरिवाना गराउने व्यवस्था आवश्यक रहेको बताए ।
एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले लामो समयदेखि धितोपत्र ऐन संशोधनको क्रममा रहेको भन्दै त्यसलाई विशेष रुपमा हेरिदिन सेबोन अध्यक्षलाई आग्रह गरे । उनले बोर्डमा लामो समय अध्यक्ष नहुँदा रोकिएका काम अब द्रुत गतिमा अघि बढने अपेक्षा रहेको बताए । उनले खेलले विदेशमा रहेका नेपालीलाई जोडे जस्तै सेयर बजारले पनि जोड्न सक्ने धारणा राखे ।
एसोसियसनका पूर्वअध्यक्ष सन्तोष मैनालीले ब्रोकरलाई चुक्ता पुँजी थेग्नै नसक्ने गरि बढी भएको बताए । ब्रोकरको पुँजी बढेको भएपनि आम्दानीको स्रोत पुरानै रहेको उनको भनाइ थियो । नेपालका ब्रोकरले लिने कमिसन दक्षिण एसियाकै सस्तो भएको दाबी गर्दै उनले अहिले सय रुपैयाँ लगानी गर्नेले २१ पैसा मात्रै आम्दानी गर्ने गरेको जानकारी गराए ।
बिहीबार र शुक्रबार दुईदिन काठमाडौमा हुने स्टक ब्रोकर एसोसिएसन अफ नेपालको ३० औं वार्षिक साधारणसभाले सो एसोसियसनको आगामी नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
दुई स्टक ब्रोकरको ‘मर्जर’पछि सुरु भएको साधारण सभामा शुक्रबार पहिलोपटक नयाँ नेतृत्व चयन हुन लागेको हो । गत २८ कात्तिकमा समानान्तर दुईवटा संस्थाबिच मर्जरमा जाने समझदारी भएको थियो । यहि साधारण सभापछि मर्जर प्रक्रियाले पूर्णता पाउनेछ ।
नेपाल धितोपत्र बोर्डले गत वर्ष नयाँ स्टक ब्रोकरहरूलाई लाइसेन्स दिएपछि आएका नयाँ स्टक ब्रोकरहरूले पुरानो संस्थामा ठाउँ नपाएको भन्दै ‘धितोपत्र ब्रोकर्स एसोसिएसन’ नामक नयाँ संस्था गठन गरेका थिए । तर, दुईवटा संस्था संगठन हुँदा पूँजी बजार क्षेत्रको सवालको विषयमा आवाज एकत्रित हुन नसकेको भन्दै केही साता अघि मात्र यि दुई संस्था मर्जरमा जाने सम्झौता गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।