logo

फेरि नेप्से २४.९७ अंकले घटेर २७५० विन्दुमा ,सेयर कारोबार रकम बढ्यो

    770   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से २४ दशमलब ९७ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७ सय ५० दशमलब ८७ विन्दुमा झरेको छ ।
यसदिन बजार घट्दा पनि सेयर कारोबार रकम भने अघिल्लो दिनको भन्दा केही बढेको छ । बुधबार कुल ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९ सय ६ रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन १सय ४ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ३२ वटा कम्पनीको सेयर घटेको छ भने ८ वटाको स्थिर रह्यो ।
अघिल्लो दिनसम्म उच्च दरले बढेको व्यापार उपसमूह यसदिन सबैभन्दा धेरै ८ दशमलब ७ प्रतिशतले घटेको छ । विशाल बजार कम्पनीको मूल्य ९ दशमलब १७ प्रतिशतले घटेपछि व्यापार उपसमूह ८ दशमलब ७२ प्रतिशतले घटेको हो ।
यसैगरि, सपोर्ट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य १० प्रतिशतले घट्यो । नेपाल फाइनान्सको ५ दशमलब ०१ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ४दशमलब ५ प्रतिशतले सेयर मूल्य घट्यो । कारोबार रकमका आधारमा जोशी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत्, सानिमा माइ हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर क्रमशः अगाडि रहेको छ ।
यसदिन बैंकिङ उपसमुहको सेयर मुल्य शून्य दशमलब ३४ प्रतिशत , विकास बैंक उपसमुहको १ दशमलब ९४ प्रतिशत , फाइनान्स उपसमुहको १ दशमलब २४प्रतिशत, होटल तथा पर्यटन उपसमुहको शून्य दशमलब ४० प्रतिशत, जीवन बीमा उपसमुहको १ दशमलब ५० प्रतिशत, लगानी उपसमुहको शून्य दशमलब ०२ प्रतिशत , निर्जीवन बीमा उपसमुहको शून्य दशमलब ३३ प्रतिशत, अन्य उपसमुहको शून्य दशमलब ७४ प्रतिशतले सेयर मुल्य घटेको छ ।
यसदिन माइक्रोफाइनान्स उपसमुहको सेयर मुल्य शून्य दशमलब १२ प्रतिशत, उत्पादन क्षेत्र उपसमुहको शून्य दशमलब १४ प्रतिशत र हाइड्रोपावर उपसमूहको शून्य दशमलब ५९ प्रतिशतले सेयर मुल्य बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।