logo

फेरि नेप्से २४.९७ अंकले घटेर २७५० विन्दुमा ,सेयर कारोबार रकम बढ्यो

    449   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से २४ दशमलब ९७ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७ सय ५० दशमलब ८७ विन्दुमा झरेको छ ।
यसदिन बजार घट्दा पनि सेयर कारोबार रकम भने अघिल्लो दिनको भन्दा केही बढेको छ । बुधबार कुल ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९ सय ६ रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन १सय ४ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ३२ वटा कम्पनीको सेयर घटेको छ भने ८ वटाको स्थिर रह्यो ।
अघिल्लो दिनसम्म उच्च दरले बढेको व्यापार उपसमूह यसदिन सबैभन्दा धेरै ८ दशमलब ७ प्रतिशतले घटेको छ । विशाल बजार कम्पनीको मूल्य ९ दशमलब १७ प्रतिशतले घटेपछि व्यापार उपसमूह ८ दशमलब ७२ प्रतिशतले घटेको हो ।
यसैगरि, सपोर्ट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य १० प्रतिशतले घट्यो । नेपाल फाइनान्सको ५ दशमलब ०१ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ४दशमलब ५ प्रतिशतले सेयर मूल्य घट्यो । कारोबार रकमका आधारमा जोशी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत्, सानिमा माइ हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर क्रमशः अगाडि रहेको छ ।
यसदिन बैंकिङ उपसमुहको सेयर मुल्य शून्य दशमलब ३४ प्रतिशत , विकास बैंक उपसमुहको १ दशमलब ९४ प्रतिशत , फाइनान्स उपसमुहको १ दशमलब २४प्रतिशत, होटल तथा पर्यटन उपसमुहको शून्य दशमलब ४० प्रतिशत, जीवन बीमा उपसमुहको १ दशमलब ५० प्रतिशत, लगानी उपसमुहको शून्य दशमलब ०२ प्रतिशत , निर्जीवन बीमा उपसमुहको शून्य दशमलब ३३ प्रतिशत, अन्य उपसमुहको शून्य दशमलब ७४ प्रतिशतले सेयर मुल्य घटेको छ ।
यसदिन माइक्रोफाइनान्स उपसमुहको सेयर मुल्य शून्य दशमलब १२ प्रतिशत, उत्पादन क्षेत्र उपसमुहको शून्य दशमलब १४ प्रतिशत र हाइड्रोपावर उपसमूहको शून्य दशमलब ५९ प्रतिशतले सेयर मुल्य बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।