logo

नेप्से १९.९७ अंकले बढ्यो, कारोबार पनि बृद्धि

    746   पटक पढिएको


१७ मंसिर/अर्थ र व्यापार– यस साताको दोस्रोे कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से १९ दशमलब ९७ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७ सय ५८ दशमलब शून्य ४ विन्दुमा कायम भएको छ ।
यसदिन अघिल्लो दिनको भन्दा कारोबार रकम पनि बढेर साढे १० अर्ब रुपैयाँ नाघेको छ । सोमबार कुल १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५२४ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन जम्मा ८ अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसदिन १ सय २६ वटा कम्पनीको मूल्य बढ्यो । १ सय १२ वटाको सेयर मुल्य घट्यो भने ५ वटाको स्थिर रह्यो ।
सोमबार विशेषगरि, होटल तथा पर्यटन उपसमुहको सेयर मुल्यमा आकर्षण देखिएको छ । यस उपसमूहको सूचक ४ दशमलब ९९ प्रतिशतले बढ्यो ।
अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको थियो । यसदिन विशाल बजार कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेका कारण व्यापार उपसमुहमा ९ दशमलब ७ प्रतिशतले बढेको छ ।
यसदिन हाइड्रोपावर उपसमुहको शून्य दशमलब ६२ प्रतिशत, लगानी उपसमुहको शून्य दशमलब ६० प्रतिशत , जीवन बीमा उपसमुहको १ दशमलब ९१ प्रतिशत , उत्पादनमुलक क्षेत्र उपसमुहको शून्य दशमलब १५ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको शून्य दशमलब १५ प्रतिशत, निर्जीवन बीमा उपसमुहको शून्य दशमलब २० प्रतिशतले सेयर मुल्य बढेको छ ।
विशाल बजार कम्पनी, तारागाउँ रिजेन्सी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ९.३६ प्रतिशत, अपर लाहोरेखोलाको ९.१९ प्रतिशत, ओरियन्टल होटलको ७.८ प्रतिशत र रिभर फल्स पावरको ७.५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यसदिन अन्य उपसमुहको शून्य दशमलब ३६ प्रतिशत, फाइनान्स उपसमुहको १ दशमलब ९७ प्रतिशत, विकास बैंक उपसमुहको १ दशमलब ७२ प्रतिशत र बैंकिङ उपसमूहको शून्य दशमलब ५९ प्रतिशतले सेयर मुल्य घटेको छ ।
नेपाल फाइनान्सको सेयर मुल्य ८.७ प्रतिशतले घटेको छ । गुराँस लघुवित्तको ७.७ प्रतिशत, विन नेपाल लघुवित्तको ६ प्रतिशतले मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, जानकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।