logo

नेप्से १९.९७ अंकले बढ्यो, कारोबार पनि बृद्धि

    447   पटक पढिएको


१७ मंसिर/अर्थ र व्यापार– यस साताको दोस्रोे कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से १९ दशमलब ९७ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २७ सय ५८ दशमलब शून्य ४ विन्दुमा कायम भएको छ ।
यसदिन अघिल्लो दिनको भन्दा कारोबार रकम पनि बढेर साढे १० अर्ब रुपैयाँ नाघेको छ । सोमबार कुल १० अर्ब ५४ करोड १७ लाख ४६ हजार ५२४ रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो दिन जम्मा ८ अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसदिन १ सय २६ वटा कम्पनीको मूल्य बढ्यो । १ सय १२ वटाको सेयर मुल्य घट्यो भने ५ वटाको स्थिर रह्यो ।
सोमबार विशेषगरि, होटल तथा पर्यटन उपसमुहको सेयर मुल्यमा आकर्षण देखिएको छ । यस उपसमूहको सूचक ४ दशमलब ९९ प्रतिशतले बढ्यो ।
अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको थियो । यसदिन विशाल बजार कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेका कारण व्यापार उपसमुहमा ९ दशमलब ७ प्रतिशतले बढेको छ ।
यसदिन हाइड्रोपावर उपसमुहको शून्य दशमलब ६२ प्रतिशत, लगानी उपसमुहको शून्य दशमलब ६० प्रतिशत , जीवन बीमा उपसमुहको १ दशमलब ९१ प्रतिशत , उत्पादनमुलक क्षेत्र उपसमुहको शून्य दशमलब १५ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको शून्य दशमलब १५ प्रतिशत, निर्जीवन बीमा उपसमुहको शून्य दशमलब २० प्रतिशतले सेयर मुल्य बढेको छ ।
विशाल बजार कम्पनी, तारागाउँ रिजेन्सी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको ९.३६ प्रतिशत, अपर लाहोरेखोलाको ९.१९ प्रतिशत, ओरियन्टल होटलको ७.८ प्रतिशत र रिभर फल्स पावरको ७.५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
यसदिन अन्य उपसमुहको शून्य दशमलब ३६ प्रतिशत, फाइनान्स उपसमुहको १ दशमलब ९७ प्रतिशत, विकास बैंक उपसमुहको १ दशमलब ७२ प्रतिशत र बैंकिङ उपसमूहको शून्य दशमलब ५९ प्रतिशतले सेयर मुल्य घटेको छ ।
नेपाल फाइनान्सको सेयर मुल्य ८.७ प्रतिशतले घटेको छ । गुराँस लघुवित्तको ७.७ प्रतिशत, विन नेपाल लघुवित्तको ६ प्रतिशतले मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप पावर, जानकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एक्सल डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।