logo

सामान्य अंकले घट्यो सेयर बजार

    428   पटक पढिएको


१६ मंसिर/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षापछि आइतबार सेयर बजार ९ दहमलब ९९ अंक घटेको छ । यो गिरावटसँगै सेयर बजारको परिसूचक नेप्से २७ सय ३८ विन्दुमा झरेको छ । यस मौद्रिक नीतिको समीक्षामार्फत कुनै पनि नीतिगत व्यवस्था फेर बदल गरिएको थिएन । तैपनि सेयर बजारमा यसको केही प्रभाव परेको देखिन्छ ।
यसदिन अघिल्लो दिनको भन्दा कारोबार रकम भने केही बढेको छ । आइतबार, कुल ८ अर्ब ८३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । गत बिहीबार जम्मा ८ अर्ब ५४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
यसदिन ६३ वटाकम्पनीको मूल्य बढ्दा १सय ७८ वटाको घटेको छ । ३ वटाको स्थिर रह्यो । विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । विकासबैंक उप समूह ४दशमलब ५ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह ९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढेकै कारण व्यापार समूहमा उच्च वृद्धि देखिएको छ । होटल तथा पर्यटन समूह ०.३० प्रतिशत बढ्यो ।
विशाल बजार कम्पनीका अलवा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंकको ९.६, सपोर्ट माइक्रोफाइनान्सको ९.४, मितेरी विकास बैंकको ७.६ र इमर्जिङ नेपालको ७.५ प्रतिशत मूल्य बढ्यो ।
बैंकिङ १.४७, फाइनान्स २.९६, हाइड्रोपावर १.१४, लगानी १.१५, जीवन बीमा १.३५, उत्पादन ०.५७, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.०१ र अन्य समूह १.३५ प्रतिशत घटेको छ ।
जानकी फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । नेपाल फाइनान्सको ९.१, उपकार लघुवित्तको ५.४, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ४.६ तथा मानुषी लघुवित्तको ४.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधार एक्सल डेभलपमेन्ट बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल फाइनान्स, मितेरी विकास बैंक तथा ङादी ग्रुप पावर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।