logo

सेयर बजारमा सामान्य अंकको करेक्सन,लगानीकर्ताको ध्यान मौद्रिक नीतिको समिक्षामा

    647   पटक पढिएको


१३ मंसिर/अर्थ र व्यापार – यस साताको अन्तिम कारोबारदिन बिहीबार सेयर बजारमा सामान्य अंकको करेक्सन देखिएको छ । यसअघि लगातार तिनदिन बढेको सेयर बजार अघिल्लो कारोबार दिनको भन्दा बिहीबार सेयर बजारको परिसूचक नेप्से ८.३० अंकले घटेर २७ सय ४८ विन्दुमा झरेको छ ।
यसदिन सेयर बजार घट्दा कारोबार रकम पनि अघिल्लो दिनको भन्दा केही घटेको छ । अघिल्लो दिन सेयर बजारमा ९ अर्ब ३१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो । यसदिन ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका कुल ३ सय ७ वटा कम्पनीहरु मध्ये यसदिन जम्मा ४९ वटा कम्पनीको मूल्य बढेका छन् भने १९५ वटाको सेयर मुल्य घटेको छ । यसदिन सेयर बजारलाई व्यापार उपसमुहको विशाल बजार कम्पनीले मात्र उचालेको देखिन्छ ।
बिहीबार व्यापार उपसमूहको ९.२५ प्रतिशत सेयर मुल्य बढ्यो । विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढ्दा व्यापार समूह ९ प्रतिशत बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार व्यापार उपसमूहमा साल्ट ट्रेडिङ लिमिटेड र विशाल बजार कम्पनी मात्र सूचीकृत छन् । पूँजीकरणका आधारमा साल्ट ट्रेडिङ भन्दा विशाल बजार कम्पनी १० गुणा शक्तिशाली छ । सोही कारण व्यापार उप समूहलाई विशाल बजारले पूर्ण प्रभाव पार्ने गरेको छ ।
त्यसपछि विकास बैंकउपसमुहको सूचक १.०५ प्रतिशतले बढेको छ र अनि जीवन बीमा उपसमुहको ०.४७ प्रतिशतले बढेको छ ।
यसदिन बैंकिङ उपसमुहको ०.८७ प्रतिशत , फाइनान्स ०.९७ प्रतिशत , होटल तथा पर्यटन ०.८० प्रतिशत, हाइड्रोपावर १.५८प्रतिशत, लगानी उपसमुहको ०.८७ प्रतिशत , उत्पादन ०.८६, माइक्रोफाइनान्स ०.६२ प्रतिशत , निर्जीवन बीमा ०.५४प्रतिशत र अन्य समूह १.४१ प्रतिशतले घटेको छ ।
बिहीबार विशाल बजार कम्पनी, विन नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । पाँचथर पावरको ८.३, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.१, जानकी फाइनान्सको ७.८, मितेरी विकास बैंकको ५.३ प्रतिशतले सेयर मूल्य बढ्यो ।
यसदिन सबैभन्दा धेरै मानुषी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घट्यो । अपर स्याङ्गे हाइड्रोपावरको ८.६ प्रतिशत र कर्णाली विकास बैंकको ६.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एक्सल डेभपमेन्ट बैंक, नेपाल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, जानाकी फाइनान्स र ङादी ग्रुप पावर क्रमशः अगाडि रहेको छ ।
यो कारोबार दिनलाई लगानीकर्ताले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गर्न लागेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा के कस्तो आउँदै छ भन्नेतर्फ बढी ध्यान दिएको देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।