logo

साताको तेस्रो दिन पनि बढ्यो सेयर बजार, नेप्से ३९.७० अंकले बढ्यो

    712   पटक पढिएको

१२ मंसिर/अर्थ र व्यापार – यो साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार बढेको छ । यसदिन सेयर बजारको परिसूचक नेप्से ३९ दशमलब ७० अंकले बढेर २७ सय ५६ दशमलब ३६ विन्दुमा कायम भएको छ ।
यसदिन सेयर बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो बुधबार ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८४० रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन ९ वटा कम्पनीको सेयर मुल्य १० प्रतिशतले वृद्धि भएको छ । बुधबार २०० वटा कम्पनीको मूल्य बढ्दा ३८ वटाको घट्यो भने ६ वटाको स्थिर रह्यो । यसदिन व्यापार उपसमूहको सयेर मुल्य सबैभन्दा धेरै ९.२ प्रतिशतले बढ्यो । यस समूहमा जम्मा दुई कम्पनी विशाल बजार र साल्ट ट्रेडिङ मात्रै सूचीकृत छन् । यसदिन विशाल बजारको मूल्य १० प्रतिशत बढ्दा समग्र सूचकलालाई बढी प्रभाव परेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
यसदिन विकास बैंक समूह ३.१८ प्रतिशत बढ्यो । बैंकिङ ०.३१, होटल तथा पर्यटन १.४४, हाइड्रोपावर १.६७, लगानी ०.७९, जीवन बीमा २.८१, उत्पादन ०.६३, माइक्रोफाइनान्स ०.९६, निर्जीवन बीमा १.१८ र अन्य समूह ०.५६ प्रतिशत बढेको छ ।
१० प्रतिशतको सकारात्मक सर्किट लागेका ९ वटा कम्पनीहरुमा विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक, कर्णाली विकास बैंक, सिन्धु विकास बैंक, मानुषी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र सुपर मादी हाइड्रोपावरको सयेर मुल्य बढेको छ ।
यसदिन फाइनान्सबाहेक सबै क्षेत्रका सूचक बढेको छ । फाइनान्स उपसमूह ०.४७ प्रतिशतले घट्यो । मिथिला लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । नेपाल फाइनान्सको ६.७७, थ्रीस्टार हाइड्रोपावरको ६.५२, जानाकी फाइनान्सको ३ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा जानाकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, नेपाल फाइनान्स, सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, रसुवागढी हाइड्रोपावर क्रमशः अगाडि रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।