logo

एनआरएनद्धारा ५ प्रतिशत लाभांश घोषणा, शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    393   पटक पढिएको

१२ मंसिर/अर्थ र व्यापार – एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड कम्पनीले लाभांश घोषणा गरेको छ । यस कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो ।
यस कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ छ । सेयरधनीले चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने ६ करोड ११ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिफल पाउने छन् ।
बोनस सेयर वितरणपछि कायम चुक्ता पुँजीको सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सो कम्पनीले जनाएको छ । सो कम्पनीको वार्षिक साधारण सभाबाट स्वीकृतिपछि सेयरधनीले प्रतिफल पाउनेछन् । यस कम्पनीले बोनस सेयर वितरण प्रयोजनका लागि सो साधारण सभाको समय तोकेको हो ।
यस कम्पनीले लाभांश र हकप्रद प्रस्तावसहित आगामी १२ पुस मा साधारण सभा आह्वान गरेको छ । सो कम्पनीले सभा काठमाडौंमा डाकेको छ । सो साधारण सभा प्रयोजनका लागि यस कम्पनीले २१ मंसिरमा बुक क्लोज गर्ने भएकाले सो दिन भन्दा अघिल्लो दिन २० मंसिरसम्म कायम सेयरधनीले मात्र सो साधारण सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।