logo

उकालो यात्रामा सेयर बजार, नेप्से ३३.४१ अंकले बढ्यो

    817   पटक पढिएको


११ मंसिर/अर्थ र व्यापार – यो साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार उकालो लागेको छ । अघिल्लो दिनको लय समात्दै यसदिन नेप्से परिसूचक ३३.४१ अंकले बढेर २७ सय १६ दशमलब ६६ विन्दुमा पुगेको छ ।
यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन पनि सेयर बजार १५ दशमलब ८ अंकले बढेको थियो । मगलबार कारोबारमा आएका सबै उपसमूहको सूचक बढेको छ ।
यसदिन हाइड्रोपावर उपसमुहको सूचक सर्वाधिक १ दशमलब ९७ प्रतिशतले बढेको छ । कारोबारमा आएका कुल ३ सय १२ वटा कम्पनीहरु मध्ये मंगलबार सेयर बजार उकालो लाग्दा २ सय १० वटा कम्पनीको सेयर मुल्य बढेको छ । ३३ वटाको घटेको छ भने एउटा कम्पनीको सेयर मुल्य स्थित रहेको छ । यसदिन विभिन्न २ सय १० वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
यसदिन तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स, युनाइटेड आइडीआई मर्दी आरबी हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसदिन सेयर बजार बढ्दापनि थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यसैगरी मंगलबार देखि नै वित्तीय अवस्था सुधार्न ६ महिनाको समय दिँदै राष्ट्र बैंकले कारोबारमा रोक लगाएको कर्णाली विकास बैंकको सेयर मुल्यमा पनि नकारात्मक प्रभाव परेको छ । यस बैंकको सेयरमूल्यमा ८ दशमलब ४५ प्रतिशतको गिरावट आएको छ ।
यसदिन कुल ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक नेपाल फाइनान्सको ४५ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी, ङादी ग्रुप पावर ३३ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर २८ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन जम्मा ६ अर्ब ३४ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो। मंगलबार कारोबार रकम पनि केही बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।